टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं, वैशाख ३ । अमेरिकी म्यागेजिन टाइमले सन् २०२६ का लागि सार्वजनिक गरेको ‘१०० सबैभन्दा प्रभावशाली व्यक्ति’को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई समेटेको छ।
टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका रूपमा चित्रण गरेको छ। पूर्व हिप–हप कलाकारबाट राजनीतिमा प्रवेश गरेका शाह हाल देशकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा स्थापित भएको उल्लेख गरिएको छ।
म्यागेजिनले शाहको उदयलाई “युवा जनलहर” सँग जोड्दै पुरानो राजनीतिक संरचनाप्रतिको असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेको छ। विशेषगरी काठमाडौं महानगरपालिकाको मेयर हुँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखाएको सुधारलाई टाइमले उल्लेख गरेको छ।
टाइमको लेखमा शाहको राजनीतिक शैलीलाई स्पष्ट र आक्रामक रूपमा प्रस्तुत गरिएको छ, जहाँ उनले विगतमा सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएको प्रसंग पनि समेटिएको छ।
साथै, अन्तर्राष्ट्रिय रूपमा चर्चित र्याप कलाकार टुपाक साकुरा र ५० सेन्टका प्रशंसक रहेका शाहले स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय तहमा कत्तिको रूपान्तरण गर्न सक्छन् भन्ने विषयमा विश्वको ध्यान केन्द्रित भएको टाइमले जनाएको छ।
टाइमका सम्पादक–एट–लार्ज क्याम्पबेलले लेखेको उक्त प्रोफाइलमा शाहको नेतृत्वले नेपालमा नयाँ राजनीतिक सम्भावनाको संकेत दिएको उल्लेख गर्दै आगामी कार्यकाल उनको लागि निर्णायक हुने टिप्पणी गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment