१५ भदौ २०८३, मंगलबार

हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह


अ+
अ-

काठमाडौं, वैशाख २८ । पछिल्ला वर्षहरूमा विश्वका विभिन्न देशमा देखापर्दै आएको हान्टाभाइरस संक्रमणप्रति स्वास्थ्य विज्ञहरूले सतर्क रहन आग्रह गरेका छन्। मुसा तथा अन्य कृन्तक जनावरको दिसा, पिसाब र र्‍यालबाट मानिसमा सर्ने यो भाइरस दुर्लभ भए पनि गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताइएको छ।
हाल चर्चामा रहेको हान्टाभाइरस संक्रमण विशेषगरी डच क्रुज जहाज एमभि हाेन्डुसमा देखिएपछि विश्वभर चासो बढेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जहाजमा हालसम्म कम्तीमा ६ पुष्टि र केही शंकास्पद संक्रमण देखिएका छन् भने ३ जनाको मृत्यु भएको छ।
यो जहाज अर्जेन्टिनाबाट यात्रा सुरु गरेर दक्षिण एटलान्टिक हुँदै केप भर्डे र स्पेनतर्फ गइरहेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार संक्रमणको स्रोत अर्जेन्टिनाको क्षेत्रमा भएको हुनसक्ने अनुमान गरिएको छ।
अहिलेसम्म संक्रमण जहाजभित्र केन्द्रित देखिए पनि यात्रुहरू विभिन्न देश फर्किएकाले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, आयरल्याण्ड, सिंगापुरलगायत कम्तीमा १२ देशले निगरानी र कन्ट्याक्ट ट्रेसिङ गरिरहेकाे द इन्डिपेन्डेन्टले जनाएको छ।
विश्व स्वास्थ्य संगठन र विभिन्न स्वास्थ्य निकायहरूले अहिलेको अवस्थालाई “विश्वव्यापी महामारीको जोखिम कम” भएको बताएका छन्। किनकि यो भाइरस सामान्यतया मुसा वा कृन्तक जनावरबाट सर्छ, मानिसबाट मानिसमा सजिलै फैलिने रोग होइन। तर एन्डेस स्ट्रेन नामक प्रकारमा नजिकको सम्पर्कबाट सीमित मानव-मानव संक्रमण हुनसक्ने राेयटर्सले जनाएको छ।
नेपालका लागि मुख्य चुनौती भनेको जनचेतना र सरसफाइ हो। स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा तत्काल ठूलो जोखिम नदेखिए पनि सतर्कता आवश्यक छ। विशेषगरी ग्रामीण क्षेत्र, खाद्यान्न गोदाम, पुराना घर, होटल तथा लामो समय बन्द कोठामा मुसाको फोहोर वा पिसाब सुक्दा भाइरस हावामा मिसिन सक्छ।
हामीले अपनाउनुपर्ने मुख्य सावधानीमा
घर तथा गोदाम सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्ने, मुसाको दिसा–पिसाब सिधै कुचाे नलगाई डिसइन्फेक्टेन्ट प्रयोग गर्ने, खाद्यान्न खुला नराख्ने, मुसा नियन्त्रण र फोहोर व्यवस्थापनमा ध्यान दिने, ज्वरो, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ ।
विश्वमै यात्रुहरू फैलिएर विदेशबाट आएका यात्रुमा असामान्य लक्षण देखिए निगरानी बढाउने विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय निकायहरूले अहिले यात्रु निगरानी, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएका छन्। विशेषज्ञहरूका अनुसार सतर्कता अपनाएमा संक्रमण नियन्त्रण सम्भव छ र हालसम्म यो काेविड-१९ जस्तो तीव्र महामारी बन्ने संकेत देखिएको छैन।

भाइरस शरीरमा प्रवेश गरेपछि ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, थकान, बान्ता तथा श्वासप्रश्वासमा समस्या देखिन सक्छ। गम्भीर अवस्थामा फोक्सोमा असर पुगेर बिरामीको अवस्था जटिल बन्न सक्ने चिकित्सकहरू बताउँछन्।
विश्व स्वास्थ्य क्षेत्रका अध्ययनअनुसार हान्टाभाइरस पल्माेनरी सिन्ड्रम यस भाइरसबाट हुने मुख्य रोग हाे। अमेरिकातर्फ फोक्सोसम्बन्धी समस्या बढी देखिने गरेको छ भने एसियाली तथा युरोपेली क्षेत्रमा मिर्गौलासम्बन्धी असर बढी देखिने गरिएको जनाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्