१४ भदौ २०८३, सोमबार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार


अ+
अ-

नुवाकोट, भदाै १५ । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी खोज तथा उद्धारलाई तीव्र बनाएको छ। नेपाली सेनाका अनुसार २०८३ भदौ १५ गते साँझ ७ बजेसम्म हवाई साधनमार्फत एक जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरिएको छ।
टनेलभित्र फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा संयुक्त उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेल हेड फेला परेको छ। टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने भित्र जमेको पानी निकाल्ने कार्य जारी छ। उद्धारका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको सेनाले जनाएको छ।
त्यस्तै, त्रिशूली–३ बीको टनेलमा विज्ञसहितको फौज परिचालन गरी एक्स्काभेटरको समेत प्रयोग गरेर खोज तथा उद्धार भइरहेको छ।
चिलिमे हाइड्रोको टनेलमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली करिब ३५ मिटरभित्र पुगेको छ। टोलीले टनेलको अगाडिको भाग ‘क्लियर’ गर्ने काम गरिरहेको छ।
अपर त्रिशूली–१ आयोजनाको टनेलमा पनि खोजी जारी छ। संयुक्त टोली मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेको सेनाले जनाएको छ। रसुवागढी हाइड्रोको टनेलमा टोली करिब २५० मिटरभित्र पुगेर टनेलको बन्द भाग फेला पारेको छ।
लाङटाङ हाइड्रोको टनेलमा भने संयुक्त उद्धार टोली करिब ६५ मिटरभित्र पुगेको र एक शव फेला पारेर सङ्कलन गरेको सेनाले जनाएको छ।
जमिनमा पनि खोजी र राहत जारी
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले जङ्गल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीयसँग प्रत्यक्ष अवस्था बुझ्ने र उद्धार आवश्यकताको मूल्याङ्कन गरिरहेको छ।
खोज तथा उद्धारकै क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँच वटा सेफ फेला पारेको छ। तीमध्ये तीन वटामा नेपाली भाषाका अक्षर र दुई वटामा चिनियाँ भाषाका अक्षर रहेको सेनाले जनाएको छ। फेला परेका सेफ सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको छ।
नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्रबाट आज मात्रै १६५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जटिल र जोखिमपूर्ण रहेकाले विभिन्न प्राविधिक तथा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजीलाई निरन्तरता दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्