१९ असोज २०८३, सोमबार

नेवार, नेपाल र नेपालमण्डल


अ
अ+
अ-

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कतिपयलाई नेवार, नेपाल र नेपालमण्डलको कुराले अलमल पारेको पनि हुनसक्छ । यही कुरालाई सरल ढङ्गमा बुझाउन नसक्दा केही समयअघि संघीय गणतान्त्रिक नेपालको स्वरूप निर्धारण गर्ने समयमा धेरै मात्रामा भ्रम सिर्जना हुनपुगेको थियो । 

नेपालमण्डललाई यसरी सरलीकृत रूपमा बुझ्न सकिन्छ, नेवार र नेपाल एउटै शब्द भएअनुसार नेवारको भौगोलिक क्षेत्र नेपाल भयो । थालनीमा नेपालले काठमाडौं उपत्यकालाई मात्र जनाउँथ्यो । त्यही प्राचीन नेपाल राजनीतिक रूपमा विस्तृत भूगोलमा फैलिने क्रममा निकै टाढाटाढासम्म पनि पुग्यो तर उक्त राजनीतिक भूगोल स्थिर भएर रहेन । एक समय राजनीतिक भूगोलले जति ओगट्यो, त्यति भूक्षेत्रलाई नेपालमण्डल भन्ने नाम दिने काम भयो । अर्थात्, नेपालको तात्पर्य करीब करीब वर्तमानमा बागमती प्रदेश बन्यो र नेपालमण्डल भन्यो । त्यही नेपालमण्डल अझ विस्तृत भूभागमा फैलिएर वर्तमान विश्वको मानचित्रमा नेपाल भनेर चिनिएको मेचीदेखि महाकाली तथा हिमालदेखि पहाडसम्म बन्यो । नेपालको राजनीतिक भूगोलबाट नेपालमण्डल लुप्त भयो तर नेपालमण्डलको सामाजिक, सांस्कृतिक तथा धार्मिक अवशेष भने रहिरह्यो ।    

गणतान्त्रिक नेपालको स्थापनासँगै यसको संघीय संरचना बनाउन छलफल चल्दा नेपालमण्डलको चर्चा निकै मात्रामा चलेको थियो । त्यति बेला यसलाई नेवारको राजनीतिक भूगोल भनी नेवार समुदायबाट अवधारणा प्रस्तुत गरिएको थियो । तर यो नयाँ अवधारणा थिएन । साथै नेवारको राजनीतिक भूगोल भनेपनि यस भूगोलभित्र नेवारको मात्रै बसोवास पनि थिएन । समुदायको इतिहासलाई केवल कुनै जाति वा समुदायको इतिहासका रूपमा मात्र बुझ्न सकिँदैन । नेवार सभ्यता जुन ऐतिहासिक भूगोलमा विकसित भयो, त्यसलाई बुझ्न नेपालमण्डलको अवधारणा आवश्यक हुन्छ । नेपालमण्डल राजनीतिक राज्य मात्र थिएन; यो नगर, धर्म, भाषा, गुठी, जात्रा, कला, वास्तुकला, व्यापार, सामाजिक संस्था र सामूहिक स्मृतिले निर्माण गरेको एउटा विशिष्ट सभ्यतागत संसार थियो ।

एक समय थियो, नेपालका राजाहरू ‘नेपालमण्डलेश्वर’ भन्ने प्रसस्ती लिन्थे । मण्डल शब्दले मुख्यतः राजनीतिक क्षेत्र वा राज्यको अर्थ दिन्छ । नेपालमण्डल कुनै बेला एक ढिक्का राज्य थियो त कहिले विभिन्न राज्यमा विभाजित भएपनि ती राज्यहरूले आफू नेपालमण्डलबाट अविभाजित रूपमा लिन्थे । यसको सीमा स्थिर पनि थिएन । तर यो राजनीतिक भूगोलमात्रै नभएर धार्मिक तथा सांस्कृतिक पहिचान पनि बनेको थियो । यही भएर आधुनिक नेपालमा राजनीतिक नक्शामा नेपालमण्डल मेटिएपनि धार्मिक तथा सांस्कृतिक रूपमा रहिरहेको छ ।  

‘नेपालमण्डल’ भनेर कतिपयले काठमाडौं उपत्यकालाई मात्र बुझ्ने गरेको पनि पाइन्छ तर काठमाडौं उपत्यका नै नेपालमण्डल नभएर मण्डलको केन्द्रको रूपमा बुझ्दा स्पष्ट हुन्छ । काठमाडौं उपत्यकालाई केन्द्र बनाई उत्तरमा नुवाकोट, रसुवा र सिन्धुपाल्चोकसम्म, पूर्वमा पनौती, बनेपा, साँखु, दोलखा, तथा पश्चिममा करीब करीब गोरखा तथा गोरखा वरिपरिका अन्य भूगागहरू तथा दक्षिणमा मकवानपुर, चिनवन आदि भूभागलाई नेपालमण्डलले समेटेको पाइन्छ । यसको सीमारेखाको रूपमा शैबमतअनुसार ६४ शिवलिंगले र बौद्ध मतअनुसार चक्रसम्बरमण्डलको निर्माणसहित २४ बौद्ध तीर्थस्थलले व्यष्टित गरेको पाइन्छ । यसको उल्लेख वा पुष्टि विभिन्न क्षेत्रमा राखिएका शिलालेख, वंशावली, स्वयम्भू पुराण, बौद्ध स्रोतहरू हुन् । यस अर्थमा नेपालमण्डल विविध धार्मिक, सांस्कृतिक, जातीय संरचनाले युक्त राजनीतिक भूगोल हो । 

‘नेवार’ एउटा जाति वा नश्ल त हुँदै होइन, बरु भाषा, संस्कृति, इतिहास, सामाजिक संस्था र साझा सभ्यतागत अनुभवबाट बनेको व्यापक पहिचान हो । लामो समयको अन्तरालमा प्राचीन पहिचानलाई जोगाउँदै र पटक पटक एसिमिलेशन हुँदै विभिन्न विषय क्षेत्रको विकास हुँदै अन्ततः एउटा जुन सभ्यताले आकार पायो त्यो नेवार पहिचान हो । सुदूर अतीतको नेवार पहिचान नै आधुनिक कालमा अझ परिष्कृत नेवार पहिचान बन्यो भनेर अथ्र्याउँदा धेरै मात्रामा यसको ऐतिहासिक विकासक्रमलाई बुझाउने हुन्छ । तर यो ऐतिहासिक विकास क्रममा नसमेटिएर बेग्लै पहिचान कायम राखी बसेको अर्थात् नेवार पहिचानमा एसिमिलेशन नभएका बेग्लै सभ्यताहरू वर्तमानमा विद्यमान छन् । ती तामाङ, चेपाङलगायतका जातीय समुदाय हुन् । तसर्थ नेपालमण्डललाई नेवार सभ्यताको भूगोल भन्न त सकिन्छ, तर नेपालमण्डलको पर्याय नेवार मात्रै भन्नु सतही दृष्टिकोण बन्न जान्छ । 

तर पनि नेपालमण्डल भन्नाले साधारणतः नेवार पहिचानसँग जोडिएर आएको पाइन्छ । यसो हुनाको खास कारण काठमाडौं उपत्यका यस मण्डलको केन्द्र वा शासक हुनु तथा ऐतिहासिक तथा सांस्कृतिक रूपमा पनि निर्णायक हुँदै आउनु हो । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......

नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा......

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्