२६ असार २०८३, शुक्रबार

निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक : प्रधानमन्त्री शाह


अ+
अ-

काठमाडौं, असार २५ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान गर्दै पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासंघ का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधान सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम तोकिएको समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र तथा सरोकारवालाबीच सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे।
भेटका क्रममा महासंघका पदाधिकारीहरूले निर्माण व्यवसायीले भोग्दै आएका भुक्तानीमा ढिलाइ, ठेक्काको म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै निर्माण व्यवसायमैत्री नीतिगत व्यवस्था गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा निर्माण क्षेत्रका चुनौती समाधान गर्दै विकास निर्माणका कामलाई गति दिने विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार–विमर्श भएको थियो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत...

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

सुकुम्बासीको मानवअधिकार संरक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन...

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड

संसदीय समितिमा परराष्ट्रमन्त्रीसँग भारत–चीन भ्रमणबारे छलफल, कूटनीतिक उपलब्धि जनतासम्म पुग्नुपर्नेमा जोड...

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास

भूकम्प गएको कृत्रिम घटनामा आधारित भएर 'टेबलटप' अभ्यास...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ...

विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने

विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने

विनाशकारी भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्