१ असार २०८३, सोमबार

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना


अ+
अ-

काठमाडौं, वैशाख १६ । जल तथा मौसम विज्ञान विभाग ले देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष चेतावनी जारी गरेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ५:०० बजे जारी गरेको ‘हावाहुरीसम्बन्धी चेतावनी (Wind Gust Warning-1)’ अनुसार आज वैशाख १६ गते बुधबार अपराह्नदेखि विभिन्न प्रदेशका जिल्लामा प्रभाव देखिन सक्ने जनाएको हो।
जारी सूचनाअनुसार सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र आसपासका क्षेत्र, गण्डकी तथा बागमती प्रदेशका नवलपुर र चितवन आसपास, मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ आसपासका जिल्लामा तीव्र गतिका हावा चल्ने सम्भावना रहेको छ।
विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार अपराह्न ४:०० बजेपछि र बिहीबार बिहान ६:४५ बजेसम्म यसको प्रभाव रहन सक्ने उल्लेख गरेको छ। चेतावनीसँगै सार्वजनिक गरिएको नक्सामा देशका अधिकांश तराई तथा मध्य पहाडी भूभाग ‘सतर्क रहनुपर्ने’ (पहेंलो) र ‘तयार रहनुपर्ने’ (सुन्तला) श्रेणीमा देखाइएको छ।
यसैबीच, मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने क्रममा रहेकाले देशका धेरै स्थानमा यसको प्रभाव पर्न सक्ने विभागको भनाइ छ।
विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, विशेषगरी कमजोर संरचना, विज्ञापन बोर्ड, रुखमुनि बस्ने तथा खुला स्थानमा रहने गतिविधि कम गर्न आग्रह गरेको छ। साथै, हावाहुरीका कारण दैनिक जनजीवन, यातायात र कृषि क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन पनि सुझाव दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्