२६ श्रावण २०८३, मंगलबार

संयुक्त राष्ट्रसंघद्वारा नेपाल प्रस्तावित ‘अन्तर्राष्ट्रिय वेलनेस डे’ स्वीकृत


अ+
अ-

काठमाडौं, फागुन २८ । संयुक्त राष्ट्रसंघको महासभाले नेपालले प्रस्ताव गरेको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस डे’ का रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। नेपालका लागि यो निर्णय कूटनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ।
परराष्ट्र मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा उक्त विषयबारे जानकारी दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले अन्तर्राष्ट्रिय वेलनेस डे घोषणा हुनु नेपालका लागि ठूलो उपलब्धि भएको बताए। उनका अनुसार यसले नेपालको साँस्कृतिक तथा मानवीय प्रभाव (सफ्ट पावर) विश्वमञ्चमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
मन्त्रालयका संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघ–संस्थासम्बन्धी शाखा प्रमुख कृष्णप्रसाद ढकालले नेपालकै पहलमा अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो पहिलो घटना भएको जानकारी दिए। उनका अनुसार नेपालले प्रस्तुत गरेको प्रस्तावलाई ४० वटा देशले सहप्रायोजक (को–स्पोन्सर) गरेका थिए। दक्षिण एशियाका अधिकांश मुलुकसहित छिमेकी राष्ट्र भारत र चीनले पनि प्रस्तावलाई समर्थन गरेका थिए।
ढकालका अनुसार संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्तावपछि अब प्रत्येक वर्ष अप्रिल १५ का दिन विश्वभर अन्तर्राष्ट्रिय वेलनेस डे मनाइनेछ। उनले यस घोषणाले विश्वमञ्चमा नेपालको उपस्थितिलाई थप प्रभावशाली र गरिमामय बनाएको बताए।
उनले वेलनेस अवधारणाले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षलाई समग्र रूपमा समेट्ने बताउँदै स्वस्थ जीवनशैली, रोगको रोकथाम र समावेशी स्वास्थ्य प्रणालीमार्फत समुन्नत समाज निर्माणमा जोड दिने उद्देश्य रहेको उल्लेख गरे।
परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय वेलनेस डे घोषणाले नेपाललाई आरोग्यता केन्द्र (वेलनेस सेन्टर) को रूपमा विकास गर्न तथा वेलनेस पर्यटन प्रवर्द्धनमार्फत अर्थतन्त्रमा योगदान पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी अप्रिल १५ देखि नेपालसहित विश्वका विभिन्न देशमा आरोग्यता सम्बन्धी बहस, जनचेतना कार्यक्रम, स्वस्थ जीवनशैली प्रवर्द्धन अभियान तथा युवा–केन्द्रित गतिविधि आयोजना गरी अन्तर्राष्ट्रिय वेलनेस डे मनाइने बताइएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड...

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड...

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ...

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान गरी बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्