काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, कार्यालय, अस्पताल तथा निकायमा प्रयोग भइरहेका सवारी साधनमा सेतो नम्बर प्लेट अनिवार्य गरिएको छ।
त्रिवि सभा तथा कार्यकारी परिषद् सचिवालयको माघ १३ गते बसेको बैठकको निर्णय अनुसार विश्वविद्यालयका सम्पूर्ण निकायका प्रमुख तथा कार्यालय प्रयोजनमा प्रयोग हुने सवारी साधनमा हाल रातो (प्राइभेट) नम्बर प्लेट रहेको भए त्यसलाई सरकारीसरह सेतो नम्बर प्लेटमा परिवर्तन गर्नुपर्ने व्यवस्थाकाे निर्णय गरिएको थियाे ।
निर्णयअनुसार २०८२ सालको आषाढ मसान्तसम्म सेतो नम्बर प्लेट बनाइसक्नुपर्ने थियाे। सो सम्बन्धमा जानकारी उपलब्ध गराउन यसअघि नै परिपत्र गरिए पनि केही निकायबाट कुनै विवरण नआएकाले पुनः जानकारी माग गरिएको त्रिवि रजिस्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाले जनाएको छ।
महाशाखाले सूचना प्राप्त भएको १५ दिनभित्र सेतो नम्बर प्लेट बनाइसकेको विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ। साथै, निकायमा रहेका सवारी साधन (गाडी तथा मोटरसाइकल) को विवरण र २० वर्ष पुराना सवारी साधन को विवरणसमेत उपलब्ध गराउन भनिएको छ।
सूचना त्रिवि रजिस्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाले माघ २६ गते जारी गरेको हो।
More from NewaTimes
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...
चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन
चीनबाट ५० टन आपत्कालीन राहत सामग्री नेपाल आइपुग्यो, सुरुङ उद्धार विज्ञ पनि परिचालन...
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक
भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment