द्वन्द्वग्रस्त क्षेत्रका नेपालीलाई आवश्यक परे उद्धार गर्छौं : परराष्ट्रमन्त्री शर्मा


अ+
अ-

काठमाडौं, फागुन २७ :परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्य पश्चिमी देशमा रहेका नेपाली श्रमिकहरू जोखिममा नरहेको तर आवश्यक परे जति नै भए पनि उद्बार गरिने बताएका छन्।
युद्धग्रस्त मध्ये पश्चिमी देशका नेपालीहरूकाे अवस्थाका सम्बन्धमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली नागरिकहरू जोखिममा नरहेको स्पष्ट पारेका हुन्। बंकरहरू भएकाले गर्दा पनि श्रमिकहरू सुरक्षित भएकाे उनले बताए ।
उनले नेपाली श्रमिकहरूभन्दा पनि दोस्रो मुलुक जाने नेपालीहरू मध्ये पश्चिमी देशको ट्रान्जिटमा फसेको बताए। 'श्रमिकभन्दा पनि दोस्रो मुलुक जाने नेपाली नागरिकहरू ट्रान्जिटमा फसेका छन्। उहाँहरू छिट्टै गन्तव्ययमा पुग्ने विश्वास लिएका छौं। हाललाई त्यहाँ आवास र खानपानको व्यवस्था सम्बन्धित नियोग र सम्बन्धित एयरलायन्यसहरूले व्यवस्था गरेको अवस्था छ,' उनले भने।

मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रबाट जति संख्यामा नेपाली नागरिक भए पनि राज्यले उद्धार गर्नुपर्ने बताए। उनले सञ्चारकर्मीको प्रश्नमा भने, '२० लाख छन् भन्दैमा उद्धार नगर्ने कुरा हुँदैन। जति संख्यामा भए पनि उद्धार गर्नुपर्छ। त्यसका लागि सबैले मिलेर याेजना तथा काम गर्नुपर्छ,' उनले भने। 
उनले उद्धार गर्नुपर्ने अवस्था आए राज्य नै त्यसका लागि तयार रहनुपर्ने बताए।

यसअघि परराष्ट्र सचिव अमृतबहादुर राईले पानीजहाजबाट भए पनि नेपालीहरूलाई उद्धार गरिने बताएका थिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्