प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान


अ+
अ-

काठमाडौं, फागुन २१। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गतको मतदान कार्य देशभर बिहीबार शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको मतदान समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको हो। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चुनौतीपूर्ण परिस्थितिका बीच तय गरिएको मितिमै निर्वाचन सम्पन्न गराउनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगले मतदान कार्य सफल बनाउन सहयोग पुर्‍याउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक संस्था तथा सञ्चारमाध्यमसहित सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ।

आयोगका अनुसार देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ। यसको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको आयोगले जनाएको छ।
मतदान सम्पन्न भएसँगै अब मतपेटिकाको सुरक्षित संकलनपछि मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ। दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने तयारी गरिएको छ। तीमध्ये ताप्लेजुङ, हुम्ला, डोल्पा, मुगु र रुकुम (पूर्वी भाग) का मतपेटिका बिहीबार नै सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य रहेको छ।

यस्तै सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम (पश्चिम भाग), मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, डोटी र दार्चुलाका मतपेटिका भने शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्‍याइने आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेको छ। साथै कानुन निर्माण, सरकार गठन तथा राज्य सञ्चालन प्रक्रियामा सहभागी हुने प्रतिनिधि छान्न योगदान दिएकोमा मतदाताप्रति आयोगले आभार व्यक्त गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्