निर्वाचन सम्पन्न हुनु सरकारको मुख्य उपलब्धि : प्रधानमन्त्री सुशीला कार्की


अ+
अ-

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारलाई दिइएको प्रमुख जिम्मेवारीमध्ये प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनु भएकाले अहिले आफूलाई खुशी लागेको बताएकी छन्।

बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा कार्कीले सरकारले पाएको जिम्मेवारी पूरा भएपछि सन्तोषको अनुभूति भएको बताइन्। उनका अनुसार निर्वाचन सम्भव हुनुमा मन्त्रिपरिषद्‌को लगनशीलता र विभिन्न राजनीतिक दलसँग गरिएको निरन्तर संवाद मुख्य कारण बनेको हो।

उनले धेरैले निर्वाचन हुन सक्दैन भन्दै आशंका व्यक्त गरे पनि सरकारले त्यसतर्फ ध्यान नदिई आफ्नो काममा केन्द्रित भएर तयारी अघि बढाएको बताइन्। उनले भनिन्, “हामीले कसले के भन्छ भन्नेभन्दा पनि आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा ध्यान दियौँ। दलहरूसँग पनि कुराकानी गर्दै निर्वाचन बाहेक अर्को विकल्प छैन भन्ने वातावरण बनायौँ।”

कार्कीका अनुसार यसपटकको निर्वाचन अघिल्ला निर्वाचनको तुलनामा बढी मितव्ययी भएको छ। प्रधानमन्त्री र मन्त्रीहरू स्वयं चुनावमा उम्मेदवार नबनेका कारण सरकारी स्रोतको दुरुपयोग हुन नपाएको उनको भनाइ छ। “पहिले पदमा बसेरै चुनाव लड्ने अभ्यास थियो। यसपटक सरकारको मुख्य ध्यान निर्वाचन गराउनमै केन्द्रित भयो,” उनले बताइन्।

निर्वाचनलाई रक्तपातरहित बनाउने लक्ष्यसहित सरकारले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिएको पनि उनले उल्लेख गरिन्। हालसम्म कुनै गम्भीर घटना नभएको र जनताले सक्रिय रूपमा मतदान प्रक्रियामा सहभागी भएको उनले बताइन्।

आगामी निर्वाचित सरकारसँग आफ्नो अपेक्षा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आर्थिक विकासलाई गति दिने रहेको उनले बताइन्। युवाहरू रोजगारीका लागि विदेशिन बाध्य नहुने अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिइन्।
सरकारले केही महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले आगामी सरकारलाई देशका समस्या र सुधारका उपायबारे जानकारी गराउने गरी श्वेतपत्रजस्तै दस्तावेज उपलब्ध गराउने प्रयास गरिने पनि बताइन्।

सत्ता हस्तान्तरणबारे बोल्दै कार्कीले निर्वाचन परिणामपछि बन्ने राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठन हुने बताइन्। चाहे एकल सरकार होस् वा गठबन्धन सरकार, सक्दो छिटो नयाँ सरकार गठन गरी जिम्मेवारी हस्तान्तरण गर्न आफ्नो सरकार तयार रहेको उनले बताइन्।

उनले युवाहरूले परिवर्तन र विकासको अपेक्षा राखेकाले नयाँ सरकारले ती अपेक्षा पूरा गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिइन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्