डेनमार्कस्थित नेपाली दूतावासद्वारा कोपनहेगनमा उद्यमशीलता सम्बन्धी कार्यशाला


अ+
अ-

काठमाडौं, फागुन १९ । उदीयमान प्रविधि—विशेषगरी कृत्रिम बुद्धिमत्ता—ले कसरी उद्यमशीलतालाई लोकतान्त्रिक बनाउँदै प्रवेशका अवरोधहरू घटाउन सक्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको डेनमार्कस्थित नेपाली दूतावासले जनाएको छ।

डेनमार्कस्थित नेपाली दूतावासले कोपनहेगनमा “डेमोक्रेटाइजिङ इन्टरप्रिनरशिप इन द एज अफ इमर्जिङ टेक्नोलोजीज् – लोकल इन्साइट्स, ग्लोबल इम्प्याक्ट” शीर्षकमा गत शनिबार कार्यशाला आयोजना गरेको छ। उक्त कार्यक्रम नेपाली दूतावास, काेपनहेगनले एस्सेन्ट कन्सल्टिङ ग्रुप र फिमेल इन्भेष्टसँगको सहकार्यमा सम्पन्न गरेको हो।

कार्यशालामा डेनमार्कमा रहेका नेपाली युवा, महिला, नवप्रवर्तनकर्ता तथा विभिन्न पेशाकर्मीको सहभागिता रहेको थियो। कार्यक्रममा उदीयमान प्रविधि—विशेषगरी कृत्रिम बुद्धिमत्ता—ले कसरी उद्यमशीलतालाई लोकतान्त्रिक बनाउँदै प्रवेशका अवरोधहरू घटाउन सक्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको दूतावासले जनाएको हाे।

कार्यक्रमको सहजीकरण इमाइल ड्यानियल क्रिष्टिनसेन गर्दै उद्यमशीलतालाई समावेशी र प्रभावमुखी बनाउने सन्दर्भमा मनोवैज्ञानिक सहनशीलता, संरचनागत अवरोध, लैङ्गिक समानता र नैतिक नवप्रवर्तन जस्ता पक्षहरूमा सहभागीहरूबीच अन्तरक्रिया गराएका थिए। छलफलमा नाफामुखी सोचभन्दा अघि बढेर समाजमा अर्थपूर्ण मूल्य सिर्जना गर्ने अवधारणालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

यसैगरी, नाेर्डिक मेकर्ससँग आवद्ध साेफिया टिस्डालले लगानी खोज्ने साहस र महत्वाकांक्षी अवधारणालाई विस्तार गर्नुपर्ने आवश्यकतामा प्रकाश पारेकी थिइन्।

कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी भएका तथा याेङ इनाेभेसन्स नेपालका प्रमुख कार्यकारी अधिकृत विभुषण विष्टले नेपालको सूचना प्रविधि क्षेत्रको उल्लेखनीय वृद्धि र यसको विश्वव्यापी सान्दर्भिकताबारे जानकारी दिएका थिए।
त्यस्तै, कार्यक्रम समन्वयमा भूमिका खेलेकी मनिषा श्रेष्ठले विश्वविद्यालय अध्ययनकालमै उद्यमशील यात्रा सुरु गरेको आफ्नो अनुभव सुनाएकी थिइन्।

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले उद्यमशीलतालाई समावेशी, जिम्मेवार र दूरदर्शी बनाउनुपर्नेमा जोड दिएकी थिइन्। उनले तीव्र गतिमा परिवर्तन भइरहेको भू–राजनीतिक र प्रविधि परिवेशमा प्रविधि र लगानीमा समान पहुँच सुनिश्चित गर्नु, लैङ्गिक समानता तथा जलवायु न्याय प्रवर्द्धन गर्नु र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको निष्कर्ष निकालिएको बताईन्।

कार्यशालाले उद्यमशीलता केवल व्यवसाय निर्माणको माध्यम मात्र नभई समुदाय सुदृढीकरण, अवसर विस्तार र जिम्मेवार नवप्रवर्तनमार्फत स्थानीयदेखि विश्वव्यापी प्रभाव सिर्जना गर्ने महत्वपूर्ण साधन भएको सन्देश दिएको दूतावासले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्