काठमाडौं, फागुन १८ । संयुक्त अरब इमिरेट्सको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय गर्ने क्रममा नेपाली नागरिक दिवश श्रेष्ठ (२९, गोर्खा जिल्ला ) को निधन भएकाेमा नेपाली राजदूतावास, अबुधाबीले दिवशको निधनप्रति दुःख व्यक्त गरेकाे छ। दिवश श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए।
यस घटनाबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ। नेपाली राजदूतावास, अबुधाबीले दिवशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै, दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरिएको छ।
राजदूतावासले जानकारी दिएको छ कि परिस्थितिसँगै स्व. श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउने लगायतका सम्पूर्ण सहजीकरणका कार्यमा तत्पर रहेको छ।
साथै, युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई संवेदनशील परिस्थितिमा सुरक्षा अपनाउन, सुरक्षित स्थानमा बस्न, र युएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी मापदण्डहरू पूर्ण रूपमा पालना गर्न दूतावासले हार्दिक अनुरोध गरेको छ।
More from NewaTimes
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ
नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर
विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार
अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment