४८ थान अवैध राहदानीसहित एक जना पक्राउ


अ+
अ-

काठमाडौं, १४ फागुन । अवैध रूपमा विदेश पुर्याउन लागिएको ४८ थान नेपाली राहदानीसहित एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थायी घर भएका ४५ वर्षीय तारा चन्द चौधरी रहेका छन्। उनी राहदानी नं. PA1878693 का वाहक हुन्।

विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान भुटान एयरलाइन्सको उडान नं. B3 773 बाट काठमाडौं हुँदै दिल्ली जान लागेका चौधरीको सामान जाँच गर्ने क्रममा उक्त राहदानीहरू फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियामा रहेको एक्स–रे मेसिनबाट उनले बोकेको पछाडि भिर्ने कालो रंगको झोला स्क्रिनिङ गर्ने क्रममा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ४८ थान नेपाली राहदानी भेटिएको थियो। उनी ती राहदानीहरू अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उनको यो गतिविधि संगठित राहदानी तस्करीसँग जोडिन सक्ने आशंका गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्