फरार प्रतिवादी काठमाडौंबाट पक्राउ, करिब ८० लाख बिगोका मुद्दा दर्ता


अ+
अ-

काठमाडौं, चैत १० । नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका रञ्जिता बस्नेतलाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेकी बस्नेतलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी बस्नेत ३७ वर्षकी हुन्। उनी दोलखा जिल्ला बैतेश्वर गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बसोबास गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार बस्नेतविरुद्ध विभिन्न कार्यालयहरूमा बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी ९ वटा मुद्दा दर्ता रहेका छन्। ती मुद्दामध्ये केही जिल्ला प्रहरी परिसर काठमाडौं तथा विभिन्न प्रहरी वृत्तहरूमा दर्ता भएका छन् भने वैदेशिक रोजगार विभागमा समेत मुद्दा रहेको उल्लेख गरिएको छ।
उक्त मुद्दाहरूमा गरी कुल बिगो रकम करिब ८० लाख १५ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी बस्नेतलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत

रसुवा बाढीमा घाइते २५ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्