होर्मुज संकट चर्कियो: अमेरिका–इरान तनाव उच्च बिन्दुमा, युद्धको जोखिम बढ्दो


अ+
अ-

काठमाडौं, चैत ८। विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने रणनीतिक जलमार्ग स्ट्रेट अफ हाेर्मुज बन्द भएपछि अमेरिका र इरान बीचको तनाव तीव्र रूपमा बढेको छ। पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रलाई पुनः युद्धको संघारमा पुर्‍याएको विश्लेषण गरिएको छ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र जलमार्ग पुनः सञ्चालनमा नल्याए ऊर्जा पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका छन्। ट्रम्पको यो आक्रामक अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा बजार दुवैमा ठूलो हलचल ल्याएको छ।

ट्रम्पको चेतावनीलगत्तै इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानको सैन्य संरचनाअन्तर्गत खाताम अल-अनबिया मुख्यालयका प्रवक्ता इब्राहिम जाेल्फाघारीले राज्य सञ्चालित संचारमाध्यममार्फत बोल्दै इरानका ऊर्जा संरचनामाथि आक्रमण भए अमेरिका र उसका सहयोगी राष्ट्रका पूर्वाधारलाई समेत निशाना बनाइने चेतावनी दिएका छन्। उनले इरान आफ्नो सुरक्षा र सार्वभौमिकतामाथि कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

यस घटनाक्रमसँगै विश्व तेल बजारमा अस्थिरता देखिन थालेको छ। होर्मुज जलमार्ग अवरुद्ध हुँदा खाडी क्षेत्रबाट एशिया, युरोप र अमेरिकातर्फ हुने तेल आपूर्ति प्रभावित भएको छ, जसका कारण मूल्य बढ्ने दबाब सिर्जना भएको छ। ऊर्जा विज्ञहरूले यो संकट लम्बिएमा विश्वव्यापी आर्थिक असर गहिरिने चेतावनी दिएका छन्।

विश्लेषकहरूका अनुसार दुवै पक्षको आक्रामक अभिव्यक्तिले प्रत्यक्ष सैन्य टकरावको जोखिम बढाएको छ। यदि अमेरिका सैन्य कारबाहीतर्फ अघि बढे इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा सहयोगी संरचनामाथि जवाफी आक्रमण गर्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्था सिर्जना भए सम्पूर्ण मध्यपूर्व तथा एशिया पश्चिम क्षेत्र युद्धको चपेटामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायले भने दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरिरहेको छ। तर, हाल देखिएको कठोर अडानका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्राविधिक सहायकविरुद्ध मुद्दा दायर...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्