चैतको बदली: गण्डकी र बागमतीमा चट्याङसहित वर्षा, पूर्वतिर सर्दै मौसम प्रणाली


अ+
अ-

काठमाडौं, चैत १ । देशको पश्चिमी क्षेत्रबाट भित्रिएको मौसमी प्रणालीको प्रभावले हाल गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो १२:२५ बजे जारी गरेको नवीनतम पूर्वानुमान अनुसार यो प्रणाली क्रमशः पूर्वतिर सर्दै गइरहेको छ।

महाशाखाका मौसमविद्का अनुसार हाल गण्डकी र बागमती प्रदेशमा सक्रिय रहेको यो मौसमी प्रणालीले आगामी केही घण्टामा पूर्वी क्षेत्रलाई समेत प्रभावित पार्ने सम्भावना छ। यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने हल्का वर्षा भइरहेको छ।

बाजुरा, बझाङ, डडेलधुरा, डोटी, अछाम, पाल्पा, गुल्मी, अर्घाखाँची सहित आशपाशका जिल्लाहरूमा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ। यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ।

मौसमविद्का अनुसार हाल वर्षा भइरहेका केही स्थानहरूमा असिना पनि परिरहेको छ। असिनाले कृषि बाली, फलफूलखेती तथा खुला स्थानमा रहेका संरचनामा क्षति पुर्याउन सक्ने भएकाले किसान तथा स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार पश्चिमी वायूको सक्रियताका कारण आगामी केही दिन देशका विभिन्न भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

महाशाखाले चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकेसम्म सुरक्षित स्थानमा बस्न, खुला आकासमुनि नरहन र पशुचौपायालाई समेत सुरक्षित स्थानमा राख्न सुझाव दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्