सुत्रात्मक सुक्ष्मकथा


अ+
अ-

बि.. २०१९ साल पुस १० गते म्यान्मारको राधापुरमा जन्मेका इन्द्रकुमार श्रेष्ठ सरित् नेपाली साहित्यका एक गहकिला खम्बा हुन् ! नेपाली साहित्यमा स्नातकोत्तर गरेका सरितले २०३५ सालमा नयाँ सन्देश साप्ताहिकमा कविता प्रकाशन गरी साहित्यको यात्रा थालनी गरेका हुन् ! पूर्व क्षितिज समर हाँक्ने समय जस्ता कविता सङ्ग्रह अर्धसत्य उपन्यास पाठकमा समर्पण गरिसकेका उनलेे बालसाहित्य, अन्तर्वार्ता सम्पादन मार्फत नेपाली साहित्यमा प्रशस्त योगदान गरेका छन् ! उनलेे युवाबर्ष मोती पुरस्कार, काजी रोशन पुरस्कार तथा शङ्कर कोइराला स्मृति पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् !

साहित्यका विविध विधामा कलम चलाउँदै आएका सरित मुलतः आख्यानकार हुन् ! उपन्यासका साथसाथै उनलेे पाठकरुपी भगवानलाई कथा सङ्ग्रहरुपी फूलपाती चढाएका छन् ! उनका कथा सङ्ग्रहहरु पठनीय मात्रै छैनन्, स्तरीय चर्चित समेत छन् ! दिदीको देवर, जस्केलोबाट चियाउने सूर्य, एकजोर फूलघोडा, सरितका प्रतिनिधि कथा, ऋतु फेरिँदै जान्छ ड्राइभर दिदी जस्ता पाठकहरुद्वारा निकै नै रुचाइएका कथा सङ्ग्रहहरुले नेपाली साहित्यको इतिहासमा उनको स्थान सुरक्षित गरिदिएका छन् ! त्यसैले पनि उनको लेखनको राजमार्ग आख्यानबाटै बनेको , उनको पहिचान काल कालान्तरसम्म कथाबाटै जिवित रहन सक्नेमा बिश्वस्त हुन सकिन्छ !

भनिन्छ बस चलाउन सक्ने चालकले मिनिबस, भ्यान पनि सजिलै चलाउन सक्छ ! उपन्यास, कथा सङ्ग्रहबाट आफ्नो कलम तिखारिसकेका उनलेे लघुकथा लेख्नु कुनै आश्चर्यको कुरा भएन ! पहिल्यैदेखि फुटकर रुपमा लघुकथा समेत सिर्जना गर्दै आएका उनलेे २०८१ साल बैशाखमा लघुकथा सङ्ग्रह लिएर आएका छन् ! एक मुठी घाम उनको नवीतम लघुकथा सङ्ग्रह हो ! कुल ४१ वटा लघुकथाहरु समेटिएको यस पुस्तकले नेपाली राजनैतिक समाज देखाउन स्पष्ट ऐनाको काम गरेको ! लघुकथाका बिशेषता, बिषयवस्तु लेखन शैलीका बारेमा किताबको भुमिकामा नारायण तिवारी प्रा.डा. गोपीन्द्र पौडेलले बृहद चर्चा गर्नुभएकोले पनि कृतिको गुणवत्ताको अनुमान गर्न सकिन्छ !

आफ्ना लघुकथाहरुमा इन्द्रकुमार श्रेष्ठ सरितले प्रष्ट बिचारबाट एउटा साश्वत दृष्टिकोण निर्माण गरेका छन् ! निम्नवर्गीय पात्रको न्यायका लागि नै उनलेे लघुकथामा समय खर्चेका छन् ! उनका लघुकथाहरु पढिरहँदा शुरु, मध्य वा अन्तमा कतै कतै राजनीतिले प्रवेश पाइहाल्छ ! पात्रको चरित्रलाई चिनाउन उनलेे राजनीतिको सहारा लिएता पनि उनका कुनै पनि कथामा राजनीति उदाङ्गो रुपमा आएको छैन ! बिचार निर्माण गर्न कलात्मक रुपमा राजनीतिक घटनाको प्रयोग भएकाले नै लघुकथाहरु पठनीय भएका हुन् ! लघुकथाहरुले शोषण, दमन बिरुद्ध आवाज उठाएका छन् ! नेताहरुको बर्तमानमा देखिएको स्खलित नैतिक चरित्र उनीहरूप्रति जनतामा दिनानुदिन बढिरहेको घृणाभाव लघुकथाहरुका प्रमुख बिषयबस्तु हुन् ! सामान्यजनको राजनीतिप्रतिको आशालाई नेताहरुले कसरी तिरस्कार गर्छन् भन्ने कुरा लघुकथाहरुले देखाएका छन् !

राजनीतिको सानुराजा सिंह, चरित्रको बेदबहादुर तुम्बाहाम्फे, मूलघरको मूल ढोकाको मालिक, फेरिन्छन् मुहारहरुको मन्त्री, बिर्खबहादुरको नारानबाबु, सक्कली - नक्कलीको केन्द्रीय नेता, नयाँ मोडमा उभिएरको जीवन साथी कमरेड, बिचारमा निष्ठावानको सन्दीप, कमरेड दमयन्तीकी दमयन्ती, घाइते श्रीमतीको मन्त्री, चतुरमान चाँचरीको चतुरमान चाँचरी, कर्तुतको रमाकृष्ण सिंह, नेताजीको नेताजी इमानदार मन्त्रीज्यूको मन्त्री जस्ता पात्रहरु मार्फत लघुकथाकारले राजनीतिको खोल ओढेर कमाउ धन्दामा लीन भएका, मालिकको इशारामा पार्टी फुटाएका, आफ्नै सहकर्मीलाई धोका दिएका, चुनावको समयमा आफुलाई सहयोग गर्ने कार्यकर्ता अप्ठ्यारोमा परेको बेला तिनैलाई नचिनेका, द्वैध चरित्र देखाएका श्रमजीवीलाई हेप्ने, शोषण, दमन गर्ने गरेर जनसेवक हुनुपर्नेमा बेइमान हुँदै गएका नेताहरुका चरित्रलाई उजागर गरी साङ्केतिकरुपमा यस्ता विकृति, बिसङ्गतिको बिरुद्धमा आवाज बुलन्द गरेको अग्रगामी चेतको निर्माण गरेकाले लघुकथाहरु उत्कृष्ट बनेका छन् !

सरितले लघुकथाहरुमा बिकृति बिसङ्गतिको पर्दाफास मात्रै गरेका छैनन् ! भोलिको उज्यालो दिन पनि देखाएका छन् ! यस्ता लघुकथाहरुमा प्रष्ट रुपमा आशावादी सोच रहेको देख्न सकिन्छ ! एक मुठी घाम, भोलिको दिन, बैचारिक दृढता, घामको स्वागत इमानदारिता जस्ता लघुकथाहरुले इमानदारी, त्याग उज्यालोका कथा भनेका छन् !

सरितका कथाहरुको प्रमुख बिशेषता भनेको अग्रगामी दृष्टिकोण, समसामयिक घटनाक्रम तिक्ष्ण व्यङ्ग्य हो ! यस्ता बिषयबस्तुले लघुकथालाई चखिलो चोटिलो बनाएका छन् ! कतै पानीको बिषय उजागर भएको भने कतै बर्तमान समयको नियुक्ति प्रणालीको भद्दा रुप देखिएको कतै साहित्यिक वृत्तको बिषयबस्तुहरु पनि लघुकथामा आएका छन् ! पूर्वाभ्यास, काकाकुलको तिर्खा, सम्झौता, देश खोज्दै, दशैं , सर्वोच्चता, साहस, नानु अव मान्देऊ, नाच्ने बुढा, त्यो सन्देश, नदीको बिशाल छातीमा, के गरुँ, हात्तीको खाने देखाउने दाँत, असहमति, कलमको आवाज, नोकरी, नियुक्ति, हिजोआज, चड्कन, व्यवहारिक, गणतन्त्र आएर नै जस्ता लघुकथाहरुले समसामयिक चेतनाको प्रवाह गरेका छन् ! उनका लघुकथाहरुले देशले अहिले भोगिरहेको विद्रुप अवस्थालाई चित्रण गरेका छन् ! क्रान्ति परिवर्तनको आकाङ्क्षा मुखारित भएको ! देशको सग्लो चित्र आएको यी लघुकथाहरुमा !

सरितको कलम परिस्कृत ! प्रायः अशुद्ध वाक्यहरु भेटिँदैनन् ! सम्पादन पक्ष बलियो रहेको ! लघुकथाको कसीमा राखेर हेर्दा लघुकथाहरुको आयाम मध्यम ! बिषयबस्तुको आकस्मिक उठान, घटनाक्रमको तिब्र बिकास झट्कायुक्त समापनलाई लघुकथाको अवयव मान्नुपर्छ भन्ने लघुकथाका विद्वानहरुको भनाइलाई मान्ने हो भने लघुकथाहरुको शुरुआत आकस्मिक रुपमा भएको पाइँदैन ! कथानकको शुरुआत बिस्तारपूर्वक भएको, ठूलो कथाको रुपमा सुस्तसुस्त अगाडि बढेको व्याख्यात्मक रुपमा भएको ! लघुकथाका कतिपय विद्वानहरुको भनाइ अनुसार शैलीका दृष्टिले लघुकथा सम्वादात्मक प्रतिवेदनात्मक गरी दुई प्रकारका हुने गर्दछन् ! सरितका लघुकथाहरुले यी दुवै शैलीगत बिशिष्टतालाई अङ्गिकार गरेका छन् ! सुत्रात्मकता लघुकथाको गहना मानिन्छ ! लघुकथाहरुको अन्त्य भने असाध्यै धारिलो  ! अन्त्यमा रहस्योद्घाटन गर्न भने सक्षम छन् लघुकथा ! लघुकथाको समापनका हिसाबले हेर्दा भने लघुकथा सार्थक छन् ! लघुकथाको रुप ढाँचामा अन्त्य भएका छन् !

लघुकथा विधाको प्रथम कृति नै यति दमदार रुपमा आउनु पक्कै पनि सुखद कुरा हो ! यस कृति " एक मुठी घाम " को लागि लघुकथाकारलाई हार्दिक बधाईका साथ कृति सफलताको कामना गर्दछु !

 वागमती ११, कर्मैया, सर्लाही          

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Lilaraj Dahal

More from Lilaraj Dahal

Explore more articles by this author
गजल

गजल

नबोली नबोली तिमी छेउ आयौ / र ढोकै नखोली तिमी छेउ आयौ !...

तीन मुक्तक

तीन मुक्तक

तीन मुक्तक...

गजल

गजल

पिरतीको डोरी बाट्न सिकाएकै तिमीले हो / दिल चोर्ने काम आँट्न सिकाएकै तिमीले हो !...

भुईं मान्छेका सुखदुःख

भुईं मान्छेका सुखदुःख

सूर्यप्रसाद लाकोजू भन्ने बित्तिकै धेरैको स्मृतिमा एउटा भद्र, गम्भीर र कल्पनाशील अनुहार प्रकट हुन्छ ! उनी के हुन् भन्दा प...

गजल

गजल

बिना कसूर सभा छली भाग्नु हुन्न भाइ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्