८ बैशाख २०८३, मंगलबार

बन्चरेडाँडा ल्यान्डफिल साइटमा प्रवेश निषेध


अ+
अ-

काठमाडौं, फागुन काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै हिजाेदेखि नै उक्त निर्णय लागू गरिएको जनाएको छ।

वातावरण व्यवस्थापन विभागका अनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक रूपमा २४ वटा स्थानीय तहबाट संकलित फोहोरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ। फोहोरमैला व्यवस्थापनका क्रममा दैनिक रूपमा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपरजस्ता हेभी सवारी साधनहरू निरन्तर सञ्चालनमा रहने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले दुर्घटना तथा स्वास्थ्य जोखिम बढाउने सम्भावना रहेको जनाइएको छ।

सूचनामा फोहोरमैला विसर्जन स्थलमा फोहोर तथा कबाडी टिप्ने अनधिकृत संकलनकर्ता अन्य व्यक्तिहरूको प्रवेशका कारण विभिन्न मानवीय तथा स्वास्थ्यसम्बन्धी जोखिम सिर्जना भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिले दुर्घटना निम्त्याउन सक्ने भएकाले अनधिकृत प्रवेशमा कडाइ गरिएको महानगरले स्पष्ट पारेको छ।

महानगरले ल्यान्डफिल साइट परिसरमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कसैलाई पनि प्रवेश नगर्न/नगराउन अनुरोध गरेको छ। उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने सम्बन्धित पक्ष/व्यक्तिलाई कानुनअनुसार सजाय हुने समेत सूचनामार्फत जानकारी गराइएको छ।

महानगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई सुरक्षित व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

व्यक्तिहरू बाहेक अन्य कसैलाई पनि प्रवेश नगर्न/नगराउन अनुरोध गरेको छ। उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। साथै, अनधिकृत रूपमा प्रवेश गरी कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने र सम्बन्धित पक्ष/व्यक्तिलाई कानुनअनुसार सजाय हुने समेत सूचनामार्फत जानकारी गराइएको छ। महानगरपालिकाले फोहोर व्यवस्थापन कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्