सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई


अ+
अ-

काठमाडौँ, फागुन सुन्धारामा पानी ल्याउने पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले वहन गर्ने भएको

आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सहरी विकास मन्त्री कुमार इङ्नाम, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, गृह सचिव राजकुमार श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलसहित पदाधिकारीको सुन्धारा, धरहरा क्षेत्रमा बसेको बैठकले सुन्धारामा पानी ल्याउने पानीको निकास खोल्ने कामको जिम्मेवारीका साथै महानगरपालिका धरहराभित्र भूमिगत तलामा रहेको पार्किङ् स्थल व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकालाई प्रदान गर्ने निर्णय भएको यस ठाउँमा ३४७ वटा कार ७०० वटा मोटरसाइकल अट्न सक्छन्

धरहरा क्षेत्रको पूर्वाधार निर्माण विद्यमान व्यवस्थापन अभ्यासको अवलोकन निरीक्षण गरिसकेपछि बैठक बसेको थियो

बैठकले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन दीर्घकालीन परियोजना प्रारुप तयार पार्न सहरी विकास मन्त्रालय काठमाडौँ महानगरपालिकाका अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको

 बैठकमा गृहमन्त्री अर्यालले, यस्ता प्रकारका संरचना सञ्चालन व्यवस्थापनको दायित्व स्थानीय सरकारलाई दिन उपयुक्त भएको धारणा राखेकाे महानगरपालिकाले जनाएको

 सहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामले पुननिर्माण योजनामा नसमेटिएका तर धरहरा क्षेत्रको सुन्दरता व्यवस्थापनका लागि नगरी नहुने काम महानगरपालिकालाई जिम्मा दिन उपयुक्त भएको बताए

 महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिका ग्रहण गर्न तयार रहेको बताउँदै - ‘२०५५ सालमा साविक स्थानीय निकाय हुँदा हस्तान्तरण भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध हो भनिन् डंगाेलकाे धारणा थियाे, ‘यसमध्ये पनि तत्काल गर्नु पर्ने काममध्ये सुरक्षित व्यवस्थित पार्किङ सेवा हो नयाँ सडकका सडकमा पार्किङ् नगर्नु भन्यौँ तर, यसो गर्नु भनेर विकल्प दिन सकेका थिएनौँ यो व्यवसायिक क्षेत्रका लागि सुन्धारा एउटा विकल्प हो यस ठाउँलाई सुरक्षित व्यवस्थित पार्किङ्का लागि महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउँछौँ

 छलफलमा वडा नं. २२ का अध्यक्ष महर्जनले, सुन्धारा, धरहरा क्षेत्रको व्यवस्थापन स्थानीयबासीको दैनिक जीवनयापनसँग जोडिएकोले यस क्षेत्रसँग सम्बन्धित निर्णयमा वडाको स्वभाविक चासो रहने बताए  

  वटा मन्त्रालयका मन्त्री महानगरपालिकाका प्रमुखसहित अधिकारीहरु छलफलका लागि धरहरा क्षेत्रमा आउनुले आफूहरु उत्साहित भएको बताउँदै छलफलमा सहभागी स्थानीय गौत्तम डंगोलले, महानगरपालिकाले यस क्षेत्रको सञ्चालन व्यवस्थापन गरे स्थानीयले अपनत्व बोध गर्न पाउने बताए

 २०७२ सालको भूकम्पले ढलेको धरहरा पुननिर्माणका लागि २०७५ साल पुस १२ गते पुननिर्माणका लागि भूमिपूजन शिलान्यास भएको थियो अर्ब ४८ करोड १६ लाख ९१ हजार सय ४० रुपियाँ लागतमा जीआइइटीसी रमन जेभी कम्पनीले यसको पुननिर्माण गरेको हो  

अहिले निर्माण भएको धरहरा ७९ दशमलव मिटर (२५७. फिट) अग्लो बाहिरबाट ११ तला देखिने धरहराको भित्र भित्र २२ तला छन् २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट जडान गरिएका छन् लिफ्टमा एक पटकमा १० व्यक्ति अट्न सक्छन् २० औँ तलामा अवलोकन गर्ने वार्दली बनाइएको यो वार्दलीको एक पटकको क्षमता ५४ जना व्यक्ति अट्ने हो भुइँ तलामा धरहरा सम्बन्धी संग्रहालय बनाउने योजना भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिएको

परिसरमा बगैंचा पानीको फोहोरा बनाइएको पानीको फोहोराबाट ५० फिट उचाइमा पानी पुग्ने क्षमता साविक धरहरा, सुन्धारा, वैदेशिक हुलाक टक्सारको जमिनलाई एउटै बनाएर अहिलेको धरहरा बनाइएको हो

 वि. सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आफ्नी रानी त्रिपुरा सुन्दरीदेवीको स्मृतिमा निर्माण गर्न लगाएको धरहरा २०७२ साल बैशाख १२ गतेको भूकम्पमा परी भग्नावशेषमा परिणत भयो यो भत्किँदा धरहरामा चढेका १५५ जनाको ज्यान समेत गयो

 वि. सं. १९९० सालभन्दा अघि स्तम्भ ११ तले थियो १९९० साल माघ गतेको भूकम्पमा स्तम्भ भत्किएर साढे तला बाँकी थियो जीर्णोद्धारका क्रममा धरहरालाई २१५ फिट अग्लो २१३ वटा खुट्किला भएको तलाको बनाइयो त्यसमध्ये १८८ वटा खुड्किला चढिसकेपछि धरहराको बार्दलीमा पुगिन्थ्यो बार्दलीबाट उपत्यकाका अधिकांश स्थान देख्न सकिन्थ्यो धरहराको माथिल्लो तलामा शिवलिङ्ग राखिएको थियो

 राणाकालमा सामाजिक तथा प्रशासनिक सूचना जानकारी दिन तथा भेला गराउन धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो बिगुलको आवाज सुनेपछि जङ्गी, निजामती कर्मचारीहरु टुँडिखेलमा अनिवार्य जम्मा हुनुपर्ने व्यवस्था थियो १९९० सालको महाभूकम्पले ढलेको धरहरा बर्षभित्र निर्माण सम्पन्न गरिएको थियो तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जवराले साविकको स्वरुप राखेर तलाको बनाउन लगाएका थिए सातौँ तलामा बार्दली राखिएको थियो बार्दलीभन्दा माथि शिवलिङ् राखिएको थियो

 धरहराको भुइँमा २५ वटा सिंढी थिए यसबाट चढेपछि स्तम्भको पहिलो तलामा पुगिन्थ्यो टुप्पोमा गजुर राखिएको थियो स्तम्भ मुगलशैलीको थियो वरिपरिको पर्खाल युरोपेली शैलीको थियो यसको निर्माण शैलीलाई हिन्दू, मुस्लिम, क्रिश्चियन धर्मावलम्बीहरुको साझा संरचना धार्मिक सहिष्णुताको प्रतीक रुपमा मानिन्थ्यो

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्