११ भदौ २०८३, शुक्रबार

राष्ट्रिय युवा परिषदद्वारा “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक


अ+
अ-

काठमाडौं, फागुन ५ । राष्ट्रिय युवा परिषद्, युनेस्को तथा युथ इनोभेसन ल्याबको सहकार्यमा, सम्बन्धित सरकारी निकायहरू, युवा केन्द्रित संघसंस्थाहरू तथा विषयगत विज्ञहरूसँग व्यापक परामर्श समेत गरी “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक गरिएको छ ।

राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट पुस १७ गते स्वीकृत यस कार्यढाँचाबाट डिजिटल युगमा बढ्दो मिथ्या सूचना, दुष्प्रचार, अनलाइन उत्पीडन तथा साइबर सुरक्षासम्बन्धी चुनौतीहरूको सामना गर्न युवाहरूलाई सक्षम र सशक्त बनाउन सहजीकरण हुने अपेक्षा गरिएको छ । यस क्षेत्रको अनुभव, आवश्यकता र सुझावहरूलाई आत्मसात गर्दै यस कार्यढाँचाले युवा तथा युवाका क्षेत्रमा क्रियाशील संस्थाहरूलाई डिजिटल पद्धतिको उपयोगमा सचेत रही निर्णय लिन, जिम्मेवार अभ्यास अपनाउन र सुरक्षित रहन मार्गदर्शन प्रदान गर्नेछ ।

कार्यढाँचाको उद्देश्यबारे प्रकाश पार्दै राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले डिजिटल क्षेत्रमा सूचनाको जिम्मेवार र सुरक्षित प्रवाह प्रवद्र्धन गर्नु यस कार्यढाँचाको प्रमुख अभिप्राय रहेको बताए । गौतमले नागरिकलाई डिजिटल प्लेटफर्मको पहुँच, बुझाइ, मूल्याङ्कन तथा नैतिक प्रयोगमा सक्षम बनाउँदै गलत तथा भ्रामक सूचनाको अनावश्यक प्रसारबाट स्वयं र समाजलाई सुरक्षित राख्न यस कार्यढाँचाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

यसै सन्दर्भमा युनेस्को प्रतिनिधि याको दु तोइले सन् २०२५ मा कोलम्बियामा सम्पन्न ग्लोबल मिडिया तथा सूचना साक्षरता सप्ताहबाट प्रेरित हुँदै नेपालले प्रत्येक युवालाई दक्षता, जिम्मेवारी र नैतिकतासहित अनलाइन सहभागिताका लागि मिडिया तथा सूचना साक्षरताको प्रवद्र्धनलाई तीव्रता दिएको उल्लेख गरे ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०८२ को भावना अनुरूप निर्माण गरिएको यस  कार्यढाँचाले ज्ञानमा आधारित समाज निर्माणमा युवाको भूमिकालाई सुदृढ बनाउने उद्देश्य राखेको छ । इन्टरनेट र डिजिटल माध्यमको बढ्दो प्रयोगसँगै उत्पन्न जोखिमलाई मध्यनजर गर्दै युवाहरूमा आलोचनात्मक सोच, मिडिया तथा सूचना साक्षरता, डिजिटल सीप र जिम्मेवार सूचना उपभोगसम्बन्धी क्षमता विकास अपरिहार्य भएकाले यो कार्यढाँचा अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्