२ केजी ९०० ग्राम चाँदीसहित एक जना पक्राउ

अ+
अ-

काठमाडौं, फागुन जिल्ला प्रहरी परिसर काठमाडौंले केजी ९०० ग्राम चाँदीसहित एक जना यात्रुलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज गते बिहान करिब ४ः०० बजे काठमाडौं महानगरपालिका, नागढुंगा चेकपोस्टमा चेकजाँचका क्रममा उक्त परिमाणको चाँदी बरामद गरिएको हो।

विरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०५००६ ५५२९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्ने क्रममा संयुक्त प्रहरी टोलीले बसमा यात्रा गरिरहेका जिल्ला पर्सा, फेटा गाउँपालिका बस्ने १७ वर्षीय आँसु श्रावलाई शंका लागी जाँच गरेको थियो। प्रहरीका अनुसार उनले आफ्नो साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकमा बेरी लुकाइछिपाई ल्याएको अवस्थामा केजी ९०० ग्राम चाँदीका दाना फेला परेको हो।

बरामद चाँदीको मूल्य १२ लाख १४ हजार ५२० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। उक्त चाँदीसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्