६ बैशाख २०८३, आइतबार

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?


अ+
अ-

नेवार समुदायकाे संस्कृति पृथक , राेमाञ्चक पनि यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले छुट्टै स्थान लिन सफल यिनै संस्कार संस्कृति मध्येकाे एउटा संस्कृति हाे- छाेरीलाई रजस्वला अगाडि नै राखिने "बाह्रा"

समयकाे अभाव, धेरै बालिकाहरू जम्मा हुन नसक्ने तथा विविध कारणले बाह्रा राख्ने दिन पनि घट्न थालेकाे पाईन्छ अर्थात, बाह्र दिन राखिने बाह्रा सातदिन, तीन दिन वा एक रातमात्र पनि राख्न थालिएको पाइन्छ भने आफैंले आयाेजन गर्न नसकेकाे अवस्थामा अरूलाई राखेकाे ठाउँमा राख्न लगेर पनि आैपचारिकता पूरा गरिन्छ अरूकाे ठाउँमा लगिनेलाई "घाकेगु" भनिन्छ

याे बाह्रालाई बुझ्न नसक्दा थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पाइन्छ अझ "बाह्रा पिकायेगु" निकाल्नुलाई समेत सुर्यदेवसँग विवाह भन्दै गलत प्रचार हुँदै गरेकोमा सजक रहनु पर्ने देखिएकाे

नेवा:पुरोहित बिजय शर्मा राजोपाध्यायका अनुसार गलत अवधारणाको शिकार भएकाहरुले नेवार कन्याको बिबाह ) सुवर्णकुमारसँग ) श्रीफलसँग ) सुर्यसँग ) मान्छेसँग भन्दै पूर्णत: गलत बिचारको बिजारोपण गर्दै आइरहेका छन् भने, आफ्नो बर्ग समुदायको साँस्कारिक ज्ञानको अभावले गर्दा अरुले जे भने पनि 'हो' भन्ने मानसिकताले ग्रस्त नयाँ पिढी यसैलाई आत्मसात गर्दै आएका छन, समयमा नै बिचार पुर्याउन पर्ने भएकाे

नेवार कन्याहरुको विवाह जीवनमा एक पटक मात्र हुने गर्दछ, जुन विवाह वेदोक्त, तन्त्रोक्त, पुराणोक्त धर्मशास्त्रीय दृष्‍टिकोणले पूर्ण पारम्परिक हुने गर्दछ। यति मात्र नभई नेवार कन्याहरुको विवाह सामाजिक स्वास्थ्य बिज्ञानका दृष्‍टिले समेत आधुनिक विचारधाराले भरिपूर्ण भएको देखिन्छ

यहाँ प्रसङ्ग अर्कै रहेको हुँदा, यत्ति सम्म भन्न सकिएला कि शास्त्रीय मान्यता अनुसार रजश्वला हुनु पूर्व कन्याको कन्यादान सिन्दुरारोहण भैसक्नु पर्ने साथै बाल विवाहको दुस्परिणामबाट पनि जोगिनु पर्ने चुनौतिलाई आत्मसाथ गरी आदीकालका नेवारका पुरोहितहरुले यस्तो विधि प्रतिपादन गरे, जुन विधिले धर्म शास्त्रीय मान्यता पनि नमेटिने, सामाजिक शास्त्रीय कुरालाई पनि बल पुग्ने गरी "इही" को परिकल्पना गरेका थिए

"बाह्रा" बाह्रदिन सूर्यकाे दर्शन नगराई काेठाभित्रै राखेर विशेष पूजा गरिन्छ भने इही एक वा दुई दिनकाे पूजाआजा गर्ने गरिन्छ "इही" "बाह्रा" नराख्नेहरूले पनि गर्ने गर्दछन् इही मात्र गरेर सिध्याउनेहरू पनि छन् इही गर्दा नै बेलबिवाह गरेर कन्यादानसमेत गर्ने गरिन्छ यसलाई 'बेलबिवाह', 'श्रीफलबिवाह', 'सुबर्णकुमार कन्यादान' आदी नामले पनि जनाउँने गर्दछ अर्थात, विवाहको लागि 'वर' वा दुलाहाको अनुपस्थितिमा उनको प्रतीक मानी 'बेल'सँग विवाह गरिदिने सोही बेल-स्वरूप वरलाई कन्याले आफु बयस्क भएपछि मात्र खोजेर, रोजेर आफु मनखुसी स्वयंबर गर्न पाउने प्रचलन नेवार समाजमा रहेको छ।

यसले के जनाउँदछ भन्दा एउटै विवाहको विधिलाई दुइ भागमा बिभाजन गरी, आधा विधि रजस्वला हुनु पूर्व बाल्यकालमा बाँकी आधा विधि रजस्वला भईसकेपछि अर्थात बयस्क भएपछि गरिने चलन नेवार समुदायमा रहेको पाईन्छ।

अचेल हिन्दी फिल्मी प्रभावका कारण, जन-मानसमा सिन्दुर हाल्दैमा विवाह पूर्ण हुने, अथवा कन्यादान गर्दैमा विवाह पूर्ण हुने भन्ने सोच धेरैमा रहेको पाईन्छ। तर सिन्दुरहाल्नुको अर्थ विवाह मात्र नभै आफ्नो कूलको ढुकुटीकी श्री-लक्ष्मी वा भनौ गृहलक्ष्मीको प्रसाद ग्रहण गर्न पाउने अधिकार भन्ने पनि बुझाउदछ, अर्को अर्थमा श्रृंङ्गार गर्न पाउने नारी अधिकार, जुन अधिकार प्रयोग गरी श्रीमानको दिर्घायुको कामना गर्न मिल्ने भन्ने अर्थ लाग्दछ त्यस्तै, कन्यादानको अर्थ पनि अभिभावकत्व हस्तान्तरण हो, इही गरिंदा नारायण स्वरूप सुवर्णकुमारलाई अभिभावकत्व हस्तान्तरण गरिन्छ, जस्को अर्थ कन्याको जीवनमा आउने बाधा अड्चनलाई स्वयं इश्वरले अभिभावक रहेर रक्षा गरिदिनु भन्ने अर्थ लाग्दछ

नेवार समुदायमा कन्याको जीवन संस्कारहरुमा प्रमुख 'इहि' अनि 'बाह्रा' त्यसपछी 'इहिपा' गरिने प्रचलन रहेको छ। इहि इहिपा एउटै विवाह संस्कारलाई बाल्यकालमा आधा बयस्क भएपछी आधा गरी पूर्ण विवाहमा रूपान्तरित गरिने संस्कार हुन बीचमा आउने बाह्रालाई समेत अचेल विवाह हो भन्ने गलत प्रचार भइरहेको

अझ कोही कोही शुभ उत्सव मानि भाेज नै मनाउने समेत चलन देखिन थालेको पाउँछौ विगतमा "बाह्रा भ्वय्" धुमधामले मनाउने प्रचलन थिएन। अझ "बाह्रा भ्वय्" भनेको कन्याकी सखीहरु अन्य महिलाहरुले बाहेक पुरुषहरुले खाँदैन थिए पनि खासमा बाह्रा राखिएका बालिकाहरूलाई आफन्तहरूले " छुस्यामुस्या" खुवाउने भनेर गेडागुडी तथा साकाहारी खानेकुरा लिएर हेर्न जान्छन् भने उनका साथीहरू पनि गएर खेल्ने प्रचलन हुन्छ यसरी जाँदा साथीहरू मिलेर "काें" (घरमा निर्मित एक प्रकारकाे परम्परागत अनुहार गाेराे बनाउने पाउडर) लगाउने अर्को रमाइलो पाटाे हाे यसरी खेल्न आउने साथीहरू, खाजा खुवाउन आउने आफन्त तथा परिवारजन भाेजका पहिलाे सहभागी हुन्

आजकाल विविध कारणले तथा आफूखुसी विवाह गर्दा भाेज खुवाउन नपाउँने तथा नसकिने भन्दै अभिभावकले बाह्रा निकाल्दा नै भाेज खुवाउने प्रचलन बढेकाे विवाह गर्दा ख्वाउन पाइन्छ कि पाइन्न, छाेरी सानै हुँदा बाह्रामा नै खुवाउने हाे भन्दै खुवाउन थालिएको तथा आफूलाई सुरक्षित मान्न थालेको पाइन्छ तर, नेवा:पुरोहित बिजय शर्मा राजोपाध्यायका अनुसार "बाह्रा भ्वय् नय् मत्य:, बाह्रा भ्वय् वने मत्य:, बाह्रा च्वंम्ह मचाया पासापिं जक वनी " भन्ने परम्परा अझै बाँकी छन्। अर्थात्, "बाह्रा भाेज खान हुन्न, बाह्रा भाेज जान हुन्न, बाह्रा बस्ने बालिकाको साथीहरू मात्र भाेज जान्छन्" भन्ने मान्यता राख्ने अझै छन् समग्रमा "बाह्रा पिकायेगु" संस्कार "सुर्य विवाह" पटक्कै होइन, सुर्य पूजा मात्र हो।

अचेल "बाह्रा पिकायेगु"लाई 'सुर्य दर्शन', 'गुफा-निकाल्ने' मात्र नभै सुर्यसँग विवाह हो भनेर समेत प्रचार गर्न थालेका छन यो कताबाट यस्तो गलत प्रचार आयो खोजिनिती हुनु जरूरी पनि

नेवा:पुरोहित बिजय शर्मा राजोपाध्यायका अनुसार "बाह्रा पिकायेगु" गरिंदा पढिने संकल्प वाक्यमा "प्रथम रजोदर्शन दोष शान्तये श्रीसुर्य पूजानादी " भनी पढिन्छ, अर्थात प्रथम पटक रजस्वला भएर १२ दिनसम्म सूर्यलाई नहेरेको दोष शान्त गर्न सूर्यको पूजा गरिने भनिएको हो। यो भनेको कन्याको वयष्क भएको सूचक संस्कार हो, जुन शास्त्र सम्मत विधि हो।

नेवार समुदायलाई खराब देखाउने नियतले नेवार कन्याको जतिपटक पनि विवाह हुन सक्छ, कुनै निश्चित श्रीमान भन्ने हुँदैन भन्ने मनसाय देखाउन यति पल्ट उति पल्ट बिहे हुन्छ भनी जुन गलत व्याख्या भैरहेको , यसलाई समयमा नै नेवारहरुले बुझ्न जरूरी छ।

नेवा:पुरोहित राजोपाध्यायका अनुसार विज्ञसंग सर-सल्लाह नगर्ने, पण्डित पुरोहितसँग संस्कारको शास्त्रीय व्याख्या नसोध्ने, आफैं जानिफकार हुने, आफैं संस्कृतिविद् भइदिनेहरुबाट गलत व्याख्या धेरै हुँदैछ। हाम्रा शताव्दियौ अगाडि देखिका पुर्खाले लेखेका थ्या-सफूहरुमा के भनिएको , विचारै नगरि यस्ता गलत व्याख्या आफू मनखुसी हुँदैछन

नेवार कन्या बाह्रा बस्दाको समयमा केबल महिलाहरु मात्र बसी उनलाई उमेर अनुसार आउने शारीरिक मानसिक परिवर्तनहरु, ब्यक्तिगत स्वास्थ्य शिक्षा, बयस्क नारीले सम्मानजनक ढङ्गले समाजमा आफ्नो प्रस्तुतिकरणको शिक्षा आदिका बिषयमा परीपक्व महिलाहरुले ज्ञान दिने गर्दछन बाह्रा-कोठामा 'बाह्राख्या:'ले कन्याको रक्षा गर्नेछ भन्ने मान्यता पनि रहेको छ। बाह्राकोठा वास्तुगत रूपले सूर्यको प्रकाश सिधै भित्र नआउने तर परावर्तित प्रकाश मात्र भित्र आउने, दोहोरो हावा चल्ने अर्थात प्रशस्त हावाको प्रवेश वा भनौ अक्सिजन प्रशस्त पुग्ने हुनु पर्ने पारम्परिक मान्यता रहेको छ।

यो उमेर अनुसार आउने प्राकृतिक परिवर्तन त्यससँग सम्बन्धित शिक्षा दिने बिषय भएकाले धेरै सानो उमेरमा बाह्रा राख्नु उपर्युक्त हुँदैन तर संस्कार टुंग्याउने नाममा सानै बालिकालाई पनि इही तथा बाह्रा राख्ने गरेकने पनि पाइन्छ निश्चित उमेर नपुगी बयस्क शिक्षा दिईंदा बालिकाले नबुझिने पनि हुनसक्दछ त्यस कारण महिला स्वास्थ्यसँग जानकार महिलासँग नै परामर्श आवश्यक हुने गर्दछ।

प्राकृतिक रूपले आफै बाह्रा बसेको अवस्था भएमा महिला वर्गले उचित ब्यवस्था गरी चाजो-पाजो मिलाउनु पर्दछ। नेवा:पुरोहित राजोपाध्यायका अनुसार ज्योतिषीय दृष्‍टिकोणले, शुभ मुहुर्त देखाएर राख्नु पर्ने भएमा, वर्ष भरिमा यस्तो १२ दिन छनौट गर्ने गरिन्छ जुन भित्र पक्ष, शनिबार, आइतवार, फरक महिना नपर्ने गरी महिला वर्गले सगुन दिएर राख्ने प्रचलन रहेको छ।

उचित उमेरमा उचित जीवन शिक्षा पाएकी नेवार बालिकाले भविष्यमा आफू, आफ्नो परिवार आफ्नो समाजलाई राम्रो बाटोमा डोर्याउन सकून्, नराम्रो चाल चलन अरुको छल-कपटबाट बच्न सकून्, आफ्नो स्वास्थ्यको हेरबिचार आफैं गर्न सकून्, जीवनलाई रस दिन श्रृंङ्गारिक ज्ञान प्राप्त गरून् आदी कामना गरिन्छ

नेवा:पुरोहित राजोपाध्यायका अनुसार बाह्रा संस्कार सूर्यदेवलाई समेत १२ दिनसम्म बेवास्ता गरी लुकेर ज्ञान प्राप्त गर्ने विधि हो १२ दिनसम्म लुकी-छिपी रहेर ज्ञान प्राप्त गरेकोमा सूर्यभगवानको नित्य दर्शन नगरेकोले सुर्य-दोष नलागोस भनी सूर्यदेवलाई पूजा गर्‍यो भन्दैमा सूर्यसँग गरेकाे विवाह हो भनिनु अज्ञानता नै मान्नु पर्दछ।

Comments (1)

Sujeen Shrestha Feb 11, 2026 02:46
धेरै राम्रो लेख। धन्यवाद !
Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

मेगु पोस्त: अमिका राजथला

छिं लेखकाः मेगु लेख
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

मन्दिरमा महिला पुजारी किन हुँदैन ?

अधिकांश मन्दिरमा पूजा गर्न आउनेहरुको भीडमा महिला वर्गको वर्चश्व हुन्छ तर त्यहाँ पुजारी भने महिला हुँदैनन् । जहाँ पनि यस्...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्