१६ बैशाख २०८३, बुधबार

नेपालमा लैङ्गिक अर्थशास्त्रको स्वर मीना आचार्यको निधन


अ+
अ-

काठमाडौं, माघ २३ । नेपालमा पहिलो महिला अर्थशास्त्रीको रुपमा पहिचान बनाएकी डा. मीना आचार्यको  हिजो माघ २२ गते निधन भएको ८८ वर्षकी आचार्य नेपालमा लैङ्गिक अर्थशास्त्रको हस्ताक्षर हुन्   

नेपालको विकासको कथा भन्नु केवल सडक, पुल, वा बजेटको कुरा मात्र होइन यो कथा भित्र महिलाको श्रम, उनीहरूको योगदान, अनि उनीहरूको आवाज पनि मिसिनुपर्छ यही कुरालाई दशकौँदेखि जोड दिँदै आएकी हुन् मीना आचार्यनेपालकी अग्रणी लैङ्गिक अर्थशास्त्रीले

दिल्ली विश्वविद्यालयमा अर्थशास्त्र पढ्दै सुरु भएको उनको शैक्षिक यात्रा सोभियत संघ हुँदै अमेरिकासम्म पुग्यो मस्को स्टेट युनिभर्सिटीमा इकोनोमिक साइबरनेक्टिक पढ्दा उनले आँकडाको संसारलाई बुझिन्, अनि युनिभसिटी अफ विस्कनसिनमा विद्यावारिधि गर्दा विकासलाई लैङ्गिक दृष्टिकोणबाट हेर्ने आँखा पाइन् सोभियत संघमा रहँदाकै क्रममा उनले उतै विवाह गरिन् तर देशको मायाले उनले आफ्नो जीवनको मायालाई चटक्कै छोडेर आइन् यद्यपि नेपाल आएपछि पनि समय समयमा उनका श्रीमान भेट्न आउने गरेको कुरा उनले यस लेखकसँग भेट्ने क्रममा बताएकी थिइन्

नेपाल फर्किएपछि उनले राष्ट्र बैंकमा काम सुरु गरिन् प्रमुख आर्थिक सल्लाहकारको रूपमा उनले वित्तीय नीतिहरूमा महिलाको दृष्टिकोण ल्याउने प्रयास गरिन् पछि विश्व बैंकमा परामर्शदाताको रूपमा काम गर्दा पनि उनले यही आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याइन्

उनको योगदान केवल कार्यालयको कुर्सीमा सीमित रहेन दशौं योजना मा लैङ्गिक दृष्टिकोण समावेश गराउने, २००१ को जनगणनामा महिलाको वास्तविक आर्थिक योगदान देखिने बनाउने, अनि बजेट प्रक्रियामा लैंगिक अडिट लागू गराउनेयी सबै काममा उनको नेतृत्व निर्णायक रह्यो

मीना आचार्यको कलम पनि उत्तिकै शक्तिशाली सेन्टरिङ ओमन इन नेपाल्स इकोनोमी एण्ड सोसाइटी शीर्षकमा संकलित दुई खण्डमा उनले पाँच दशक लामो अनुसन्धानलाई प्रस्तुत गरेकी छन्। यसले देखाउँछनेपालको अर्थतन्त्र महिलाको श्रम बिना अधुरो छ। मर्टिन चौतारीले २०१८ मा प्रकाशित गरेको सेलेक्टेड बिब्लोग्राफी अफ मीना आचार्यले उनको बौद्धिक योगदानलाई उजागर गरेको

हामी लैङ्गिक समानता समावेशी विकासको कुरा गर्छौं, त्यसको जग मीना आचार्यले नै राखेको कुरालाई यहाँ हामीले सम्झनु पर्ने हुन्छ उनले जीवन तथा कामले बताउँछविकास केवल संख्याको खेल होइन, यो न्याय समानताको यात्रा हो

सन् १९७० को दशकमा डा. आचार्यले नेपालको पहिलो निजी थिङ्कट्याङ्क (इन्स्टिच्युट फर इन्भेस्टिगेटिभ डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ) को नेतृत्व गर्दै आर्थिक अनुसन्धान नीतिगत अध्ययनमा उल्लेखनीय योगदान पुर्याएकी थिइन्

विकास अर्थशास्त्र, लैङ्गिक समानता, ग्रामीण विकास नीति विश्लेषणका क्षेत्रमा उनका अध्ययनहरू नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुँदै आएका छन्

डा. आचार्य पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी हुन् राजनीतिक संक्रमणलाई परिवारमैं नियालेकी डा. आचार्यले विकासको बहसले आकार लिँदै गरेको बेलामो आर्थिक अनुसन्धानलाई व्यवहारिक नीति निर्माणसँग जोड्ने प्रयास गरेकी थिइन् 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना

हावाहुरीको चेतावनी: देशका विभिन्न क्षेत्रमा तीव्र गतिका हावा चल्ने सम्भावना...

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह...

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ

नक्कली मुद्रालाई सक्कली मुद्रा भनि ठगी गर्ने ६ जना पक्राउ...

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ...

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर

विद्यालय भवन निर्माणमा अनियमितता: प्रधानाध्यापक र लेखापालविरुद्ध आरोपपत्र दायर...

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार

अनधिकृत सवारी साधनको सुविधा फिर्ता लिंदै सरकार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्