५ बैशाख २०८३, शनिबार

नेपालमा जातीयता र क्षेत्रीयतावादको आवश्यकता


अ+
अ-

जातीयता क्षेत्रीयताको होइन, राष्ट्र राष्ट्रियताको कुरा गरौं भन्ने सोच वा आह्वान जति आदर्शमय लोकप्रिय लाग्दछ, त्यति नै सम्बेदनशील पनि जातीयता क्षेत्रीयताको कुरालाई व्यवस्थापन गर्न नसक्दा कतिपय ठाउँमा द्वन्द्वको सिर्जना हुन्छ त्यसले निम्त्याउने भयावहपूर्ण वातावरणले मानव समाजको स्वाभाविक विकासमा प्रतिकूल असर परिरहेको पाइन्छ  व्यवस्थापना गर्न नसक्दा जुनसुकै विषयवस्तु पनि बिग्रन्छ तर यसको जिम्मेवारी विषयवस्तु नभएर व्यवस्थापनको कमजोरी भनेर बुझ्नु पर्दछ यो कमजोरी हुन्जेल राष्ट्र राष्ट्रियताको कुरा आडम्बरी, सत्यलाई नजरअन्दाज गर्ने कुटील चलाखी मात्र हुनपुग्छ

जातीय क्षेत्रीय द्वन्द्वले राष्ट्र राष्ट्रियतामा असर पर्ने गरेबाट यसलाई तुच्छ, संकीर्ण विखण्डनकारी भनेर पन्छाउने तथा राष्ट्र राष्ट्रियतामा चिन्तित हुन आह्वान गर्नु झट्ट हेर्दा निकै उदार फराकिलो दृष्टि देखिनुका साथै उच्च चिन्तनशील तथा दूरदृष्टि भएको जस्तो पनि देखिन्छ तर, यो एउटा अपूर्ण खतरापूर्ण चिन्तन प्रणली हो नेपालको सन्दर्भमा यसलाई अलि बेग्लै दृष्टिले हेर्नुपर्ने हुन्छ अरुको कुरा बेग्लै होला, तर नेपालको सन्दर्भमा राष्ट्र राष्ट्रियताको जग जातीयता क्षेत्रीयता हो जगलाई उपेक्षा गरेर अन्य कुराको कल्पना पनि गर्न सकिन्न तसर्थ नेपालको दृष्टिकोण लोकरिझ्याइँबाट माथि उठ्नु पर्दछ

विश्वमा भएका सबै देशहरूको विशेषता एउटै छैन कतिपय देशको निर्माणमा एक वा एकभन्दा बढी तत्वहरूले काम गरिरहेको हुन्छ ती तत्वहरूलाई विशिष्ट नै भन्नु पर्ने हुन्छ तिनका समस्याहरू पनि फरक फरक नै हुने गर्दछ यस अर्थमा सबैलाई एउटा घानमा राखेर हेर्ने बुझ्ने गलत दृष्टिकोण हो

नेपालमा जातीयता क्षेत्रीयताको कुरा बेला बेलामा उठिरहेको पाइन्छ अहिलेको जस्तो स्वतन्त्रपूर्वक विचार राख्न बहसको विषय बनाउन नहुने राणाकाल पंचायतीकालको संकीर्ण अनुदार राजनीतिक व्यवस्थाको समयमा पनि जातीयता क्षेत्रीयताको कुरा उठ्ने गरेबाट बुझ्न सकिन्छ, यो कति सम्बेदनशील कुरा हो उहिल्यै यस्तो कुरा उठ्ने गरेको पाइन्छ भने विगतमा भन्दा विपरित उदार लोकतान्त्रिक व्यवस्थामा जातीयता क्षेत्रीयताको उठ्नु स्वाभाविकै हो सम्वेदनशीलतालाई ध्यानमा राखेरजातीयता क्षेत्रीयताको कुरा नगरौं, नेपालको कुरा गरौं नेपाली भनेर परिचय दिउँ भन्ने आसयका शब्दहरू सा¥है मार्मिक, आकर्षक अत्यन्तै आवश्यक कुराजस्तो लागेपनि यही आसयको चीरफार गर्नु नितान्त आवश्यक भइसकेको यो लेख यही प्रयोजनमा

नेपाल नेपाली दुई शब्दको शाब्दिक अर्थ ऐतिहासिकताको छलफल बेग्लै पाटो हो तर यसले वर्तमानमा बोकेको अर्थको निर्माणमा विभिन्न क्षेत्र जातीय संरचनालाई भुल्न मिल्दैन कुनै पनि भौगोलिक क्षेत्रलाई बेवास्ता गरेर हामी नेपालको कुरा गर्न सक्दैनौं बाह्मण, क्षेत्री, नेवार, तामाङ, राई, लिम्बू, गुरुङ, मगर आदि सयभन्दा बढी जातजाति मिलेर बनेको नेपाली समाजको जातीय संरचनालाई पनि बिर्सन कदापि मिल्दैन यसरी नै सयभन्दा बढी भाषा छन् अनेकौं संस्कार संस्कृति तथा रीतिरिवाज नेपाल नेपालीको पहिचान हो संयुक्त मुटु पनि हो यस अवस्थामा जातीयता क्षेत्रीयताको कुरालाई पर पन्छाएर नेपाल नेपालीको कुरा गरौं भन्ने आदर्श बोक्नु बडो अमूर्त कुरा हो नै, साथसाथै मुटुलाई प्रधान नमानेर गौण मान्ने प्रवृत्तिको विकास हुन्छ वास्तवमा यस्तो हुनु भनेको आफ्नै विशेषता बनौटलाई नबुझ्नु पनि हो , आफ्नै आधारभूमिलाई आफैले कमजोर पारेर जिउनु हो

नेपाल विविध जातजाति मिलेर बनेको एउटा राजनीतिक भूगोल हो तथ्याङ्कअनुसार सयभन्दा बढी छुटुटाछुटुटै अस्तित्व बोकेका विभिन्न जातजाति यहाँ पाइन्छ कुनै पनि जाति एक चौथाईभन्दा बढी प्रतिशतमा छैनन् नश्लको कुरा गर्ने हो भने पनि एउटै नश्लका छैनन् जातीय विविधताको नेपाली मंगोल, आर्य, द्राविडलगायत अन्यको रक्त प्रवाह भइरहेको पाइन्छ रक्तिमिश्रणबाट छुट्टै प्रजातिको विकास भएका समुदायहरू पनि नेपालमा पाइन्छ कतिपय जातीय समुदायले एउटै भाषा बोल्ने गरेको पाइन्छ भने एउटै समुदायले पनि एकभन्दा बढी भाषा बोल्ने गरेको पाइन्छ यसरी नै संस्कृतिमा पनि विविधता पाइन्छ आस्था विश्वासअनुसार अपनाइने विभिन्न धर्ममा पनि नेपालीहरू विभक्त छन् नेपालको वास्तविक चित्रण यो हो

प्राकृतिक रुपमा विभाजन गर्दा पनि नेपाल हिमाल, पहाड तराईमा विभक्त तर यसभित्र रहेका विभिन्न भूगोलहरूको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि बेग्लाबेग्लै रहेका छन् वर्तमान नेपालको राजनीतिक भूगोल विभिन्न पचासभन्दा बढी स्वतन्त्र राज्यहरूको विलयबाट निर्माण भएका हुन् ससाना राज्यहरूलाई अधिनस्त गरी एउटै राज्यमा मिलाउने कार्य तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहबाट सुरु भएको थियो भने यसलाई उनका उत्तराधिकारीहरूले पनि निरन्तरता दिएर वर्तमान भूगोलको निर्माण गरिएको हो नेपालको जातीयता क्षेत्रीयताको यो पृष्ठभूमिलाई उपेक्षा गरेर अगाडि बढ्न सकिन्न  

वर्तमान नेपाल भन्नु हिमाल, पहाड तराईका तथा यसभित्र पनि विभिन्न सामाजिक, सांस्कृतिक तथा राजनीतिक इकाईहरू हुन् कुनै पनि भौगोलिक इकाईको हितमा कुरा गर्नु क्षेत्रीय साम्प्रदायिकता होइन हिजोका दिनमा दृष्टिदोष वा अरु नै कारण आफ्नो क्षेत्र पिछडिएको होला तर अब विकास हुनुपर्छ भन्ने माग राख्नु अनुचित कुरा होइन उचित अवसरबाट ती क्षेत्रहरू पिछडिएको पनि होला सम्बन्धित क्षेत्रका वासिन्दामा यसको असन्तुष्टि पनि होला क्रोध पनि होला अब यसले उचित अवसर पाउनु पर्छ वा विशेष ध्यान दिनुपर्छ भनेर माग वा आग्रहलाई नकारात्मक अर्थमा लिइनु हुँदैन कुनै पनि क्षेत्रको विरुद्ध अर्को क्षेत्र छैन आआफ्नो क्षेत्रको विकासको चाहना राख्छ भने देश विकासको लागि यो जस्तो अवसर के होला ? तर आफ्नो क्षेत्रमाथि नीतिगत रुपमा नै बेवास्ता गरिएको तथा बेग्लै दृष्टिले हेर्ने गरिँदा चित्त दुखेको भनेर गुनासो पोख्दैमा त्यसलाई क्षेत्रीयतावाद भनिहाल्नु वा अन्यत्र प्रचलित क्षेत्रीयतावादको भाष्यलाई देखाएर विखण्डनकारी भनी आक्षेप लगाइनु ठिक कुरा होइन बरु यसलाई समग्र नेपालकै विकासका खातिर उठिरहेको आवाज भनेर सकारात्मक रुपमा नै लिनु पर्दछ

नेपालको विशेषता भन्नु यससँग रहेको प्राकृतिक तथा सांस्कृतिक विविधता हो यही विविधताका कारण देश उँभो लाग्न नसकेको भन्ने दृष्टिभ्रम कतिपयमा रहेको पाइन्छ नेपालको थोरै मात्र भूभाग मैदानी क्षेत्रमा धेरै भूभागमा पहाड हिमाल रहेको कुरा साँचो हो तर यो नै विकासको अवरोध भने होइन तीन वटै क्षेत्रबाट आआफ्नो विशेषताअनुसार विकास, निर्माण समृद्धिका लागि उपयोग गर्न सकिन्छ यसरी नै विभिन्न जातजाति, भाषाभाषी संस्कृति पनि विकासको वाधक तत्व होइन यो विविधता ज्ञानको अपार क्षेत्र हो एकलाई मास्नु भनेको पनि हजारौं वर्षदेखिको ज्ञानलाई मास्नु हुन्छ यी ज्ञानहरूको अध्ययन, अनुसन्धान संरक्षण गरिनु पर्दछ नेपालजस्तो देशले यसलाई आफ्नो सौम्य शक्तिको रुपमा विश्वसामु प्रस्तुत गरेर आफ्नो सशक्त उपस्थिति देखाउन सक्छ

विविध जातजातिसँग सम्बन्धित भाषा, साहित्य, संस्कार, संस्कृतिजस्ता कुराका सन्दर्भमा भुल्न नै नहुने कुरा के हो भने, भूमण्डलीकरणको चपेटामा यिनीहरू सुरक्षित छैनन् नेपालीनेपाली बीच सांस्कृतिक अन्तक्र्रिया थोरै हुनाका कारण एक नेपालीले अर्का नेपालीलाई पनि चिन्न सकेको छैन नेपालको आफ्नो विशेषताको रुपमा रहेको क्षेत्रीयता जातीयतालाई गलत अर्थमा लिएर यससम्बन्धी छलफल नै नचलाउनु, निषेध नै गर्नु, आवश्यक उपचारका कुनै कार्य नै नगर्नु तर वाह्य प्रभावलाई निर्वाध रुपमा पस्नदिनु भनेको पहिचानको संकट निम्त्याउनु हो नेपाल नेपाली हुनुको अहिले जुन विशेषता , भोलि त्यो विशेषता नै नरहेको अवस्थामा नेपाल रहला तर त्यो नेपाल, नेपालीकै हो भन्ने आधार निकै फितलो भइसक्छ राष्ट्रियतालाई कमजोर पार्नु भनेको यही हो अर्थात्, नेपालको विशेषता भन्नु यहाँका क्षेत्रीयता तथा जातीयताका कुराहरू हुन् यही नेपालको शक्ति हो

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्