पोखरा, माघ १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमालाई दिगो बनाउने र यसको दुरुपयोग रोक्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएकी छन्। साथै, औषधि खरिद प्रक्रियामा पारदर्शिता, गुणस्तर सुनिश्चितता तथा ल्याब परीक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रतिष्ठानको प्राज्ञिक सफलताको कामना गरिन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ स्थापना दिवसकाे प्रमुख आतिथ्यता गर्ने क्रममा मन्त्री डा. सुधाकाे उक्त अभिव्यक्ति आएकाे हाे ।
कार्यक्रमको अवसरमा मन्त्री गौतमबाट प्रतिष्ठानको विशेष स्मारिका विमोचन गर्नुका साथै उत्कृष्ट चिकित्सक तथा कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएकाे थियो। कार्यक्रमका क्रममा मन्त्रीले प्रतिष्ठान अन्तर्गतका आकस्मिक, मानसिक स्वास्थ्य, प्रसूति विभाग तथा सिमुलेशन ल्याबको निरीक्षण गर्दै ‘आमा सुरक्षा’ र मानसिक स्वास्थ्यको क्षेत्रमा प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गरिन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको पनि उपस्थिति रहेको थियो।
More from NewaTimes
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना
मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment