६ बैशाख २०८३, आइतबार

मर्निङ वाक गर्दै भूलभूलइया


अ+
अ-

अनाैपचारिक बाैद्ध शिक्षा अभियानअन्तर्गत भारतका विभिन्न ठाउँकाे यात्राका क्रममा हाम्राे दाेस्राे बिसाैनी बन्याे, लखनउ । लखनउकाे सीतापुर राेडमा बास बस्ने क्रममा पुगेकै साँझ स्थानीयले भने भूलभूलइया त नजिकै छ, १०-१५ मिनेटमैं पुगिन्छ ।

बिहान चिया खाजा खाएर कतै घुम्न जाने र फर्केर खाना खाएर मात्रै दिल्ली जाने कुरा भयाे । साेहीअनुसार करीव २६ जनाकाे टाेली मर्निङ वाकमा निस्कियाे, भूलभूलइयालाई गन्तव्य बनाएर । हिंड्दा हिंड्दा जसलाई साेधे पनि २-३ किलोमिटर बाँकी छ भन्ने भएपछि छ जनाकाे टाेली टेम्पाे चढेर गए भने हामी हिंडेरै गयाैं ।

भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउ ऐतिहासिक, सांस्कृतिक र वास्तुकलागत धरोहरका लागि विश्वप्रसिद्ध छ। तीमध्ये सबैभन्दा चर्चित र आकर्षक संरचनामध्ये एक हो— भूलभूलइया, जुन बड़ा इमामबाड़ा परिसरभित्र अवस्थित छ। यो स्थल आफ्नो जटिल गल्छी, रहस्यमय बनावट र अनौठो वास्तुकलाका कारण पर्यटकहरूलाई विशेष रूपमा आकर्षित गर्छ।

भूलभूलइयाको ऐतिहासिक पृष्ठभूमि

भूलभूलइया सहितको बड़ा इमामबाड़ा सन् १७८४ ईस्वी मा अवधका नवाब आसफ–उद–दौलाहको आदेशमा निर्माण गरिएको हो। उक्त समय अवध क्षेत्रमा भयंकर दुर्भिक्ष तथा खडेरी परेको थियो। नवाबले जनतालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले यो भव्य संरचनाको निर्माण सुरु गराएका थिए। यसरी, १४ वर्षमा निर्माण सम्पन्न भएकाे भूलभूलइया केवल वास्तुकलाको नमूना मात्र नभई सामाजिक कल्याणसँग जोडिएको ऐतिहासिक प्रतीक पनि हो।

नवाब भन्ने वित्तिकै शौखिन शासकका रूपमा लिइने गरिन्छ । म सानै छँदा विद्यालयमा पढ्दा ताका नै एक शौखिन नवाबको बारेमा सुनेको थिएँ, जो जुत्ता लगाइदिने नोकरको पर्खाइमा बस्दा आक्रमणकारीको पञ्जामा परेको कुरा थियो । यो कुराले आत्मनिर्भरताको राम्रो पाठ सिकाउँछ । भूलभुलइयामा भुल्दा थाहा भयो ती नवाब त यही भूलभुलइयाका रहेछन् !

भूलभुलइयाको संरचना र बनावट

⠿ drag

शव्द सुन्दा नै लाग्ने गर्छ कि त्यहाँ पुगेपछि अलमलमा परिन्छ, हराइन्छ । पहिलाे पटक त्यहाँ जानु अगाडि मैले पनि सोचेको थिएँ कि भूलभुलइया एउटा पुरानो पार्क हो जहाँ गएर एक आपसमा हराएर रमाइलो गर्न सकिन्छ, त्यस्तैत्यस्तै, तर होइन रहेछ । भारतको उत्तरप्रदेश लखनउमा रहेको बडा इमामबाडा (मुख्य भवन) भित्र लुकेर बसेको छ, सयाैं बाटो भएको भूलभुलइया ।

चार तल्ला रहेको बडा इमामबाडा तथा भूलभुलइयाको बनावटले त्यहाँ पुग्ने पर्यटक र आर्किटेक्टलाई दुई शताव्दीदेखि अचम्मित तुल्याएको छ । बडा इमामबाडाभित्र पस्दा ठूलो हल एउटा मात्र छ भने त्यसका वरिपरि विभिन्न ऐतिहासिक चित्र, मूर्ति तथा ढोकाहरू । बिना गाइड जानेहरू कुन ढोकाबाट जाँदा ठीक हुन्छ भन्ने कुराको भेउ पाउन नसक्दा यत्तिकै अल्मलिन पुग्छन् । शुरुमा त हाम्रो समूह पनि विना गाइड घुम्ने सोच बनाएर भित्र पसेका थियौं तर इमामबाडाको हलमा एक चक्कर लगाएर हेरेपछि लाग्यो अब कहाँ गएर के हेर्ने ? हामी अल्मलियौं, कुन ढोकाबाट पस्दा कहाँ पुगिन्छ थाहा पनि थिएन र जुन पायो ढोकाबाट छिर्दा हराइएला भन्ने पनि डर थियो । त्यहाँ भएको संरचना हेर्दा कुराहरू खासै बुझ्न पनि सकिएन र गाइड खोज्नतिर लाग्यौं ।

दाेस्राे पटक जाँदा पनि विना गाइड जान नसक्ने निर्क्याेल गर्दै शुरूमै गाइड खाेज्नतिर लाग्याैं ।

वास्तबमा ग्राउण्ड फ्लोरमा भएका धेरै ढोकाहरू त झुक्याउनकै लागि पो रहेछन् । माथिल्ला तल्लाहरूमा पनि एक्कै ठाउँमा पाँच छ वटा ढोकाहरू छन्, कुन सही हो, कुन गलत हो भन्ने कुरा छुट्याउन नै मुश्किल पर्दछ । बाहिरका पर्यटकका लागि सही बाटो र ढोका पत्ता लगाउनु भनेको सार्है मुश्किल काम रहेछ ।

बडा इमामबाडा विना कुनै पिल्लर बनाइएको छ भने यसको हल १७०x५५ फिटमा फैलिएको छ । चौथो तल्लासम्म भएको यो भवनलाई १५ फिटको गारोले अड्याएको छ भने यही गारो भित्रबाट बनेको छ भूलभुलइया भित्रको दुई फिट चौडाइको भ¥याङ र बाटो, अनि ठीक बेठिक जता पनि जान सकिने खुल्ला ढोकाहरू । बडा इमामबाडा भवनबाट पूरै बाहिर निक्लेर सोही भवनको दाहिनेतिरबाट दुई फिट चौडाइको ८४ सिंढीकाे भ¥याङ चढ्दै सिधै भवनको कौसिमा पुग्न सकिन्छ तर यस भवनको आकर्षण नै विभिन्न ढोकाबाट छिर्दै बाटो पहिल्याउँदै अगाडि बढ्ने हुँदा जोकोही भूलभुलइयामा भुल्दै अगाडि बढ्छन् ।

⠿ drag

धेरै बाटाहरू एक–आपसमा मिल्दोजुल्दो देखिने भएकाले पहिलो पटक प्रवेश गर्ने व्यक्ति सजिलै अल्मलिन सक्छ। हामीलाई गाईडले शुरूमै चारतिर फैलिएकाे सुरूङ्जस्ता ढाेकाहरू देखाउँदै भने, “तपाईं कुन ढाेका जान चाहनु हुन्छ, तर यसका एउटा ढाेकाले मात्र सहि बाटाे पुर्‍याउन सक्छ, बाँकीले फसाइदिन्छ, हराइन्छ, हराउने हाे ? तर नडराउनुहाेस्, हामी त यहाँ हराएका जुनसुकै ठाउँबाट निकाल्न सक्छाैं, निकाल्छाैं ।”

भूलभूलैयाको सबैभन्दा रोचक पक्ष यसको हावाको आवागमन प्रणाली हो। परम्परागत वातानुकूलन प्रणालीबिना नै यहाँ गर्मीमा चिसो र जाडोमा तुलनात्मक रूपमा न्यानो वातावरण कायम रहन्छ। यसले तत्कालीन वास्तुकारहरूको प्राविधिक दक्षता र दूरदर्शिता झल्काउँछ।

भूलभूलइयामा भित्र एकअर्कासँग जोडिएको बाटो र ढोकाहरू सयाैं छन्, ति मध्ये कतिपयले जानुपर्ने ठाउँमा नपुर्याई अर्कोतिर पनि लैजान सक्छ । ति मध्ये कतिपय बाटोले हामीलाई झ्यालहरूतिर लैजान्छ, जहाँबाट बाहिरको उत्कृष्ट दृश्य देखिन्छ । यी झ्याल बाहिरको उत्कृष्ट दृश्यावलोकनका लागि मात्र नभएर यी झ्यालले आजको सिसी टिभी क्यामेराको काम गर्ने खालका छन् अर्थात झण्डै दुईसय मिटरभित्र रहेको भूलभुलइयाको झ्यालबाट हेर्दा मुख्य ढोकाबाट भित्रको प्रवेश गर्यो, को बाहिर निस्कियो भन्ने कुरा स्पष्ट रूपमा देख्न सकिन्छ । तर बाहिरबाट आउने व्यक्तिले आफू निगरानीमा छु या आफूलाई कसैले हेरिरहेको छ भन्ने कुराको भेउसम्म पनि पाउन सक्दैन । जुन झ्यालबाट हेरिएको हुन्छ त्यो झ्याल बाहिरबाट देखिंदै देखिंदैन । त्यो झ्यालबाट नियाल्दा मलाई लाग्यो, तत्कालीन अवस्थामा नवावहरूले आफ्ना शत्रुको आगमनलाई नियाल्न तथा कुनै रुपमा पनि आफूलाई भेट्न नसकोस् भन्ने मनसायले भूलभुलइया बनाएको हो ।

बिना सिमेन्ट बनेको अद्भुत संरचना

⠿ drag

भूलभूलैया तथा पूरा बड़ा इमामबाड़ा संरचना इँटा र चुनाको मसला प्रयोग गरेर निर्माण गरिएको हो। यसमा कुनै पनि फलाम वा सिमेन्ट प्रयोग गरिएको छैन। यति विशाल संरचना सन्तुलन र मजबुतीका साथ आजसम्म उभिएको हुनु भारतीय परम्परागत वास्तुकलाको अद्भुत उदाहरण मानिन्छ।

रहस्य र जनविश्वास

भूलभूलैयासँग जोडिएका धेरै रहस्यमय कथाहरू प्रचलित छन्। स्थानीय जनविश्वासअनुसार, यो जटिल बनावट नवाब र उनका अतिथिहरूको सुरक्षाका लागि तयार गरिएको थियो, ताकि आकस्मिक आक्रमणको अवस्थामा शत्रुहरू अल्मलिन सकून्। कतिपयले यसलाई गुप्त सुरुङसँग जोडेर हेर्छन्, यद्यपि यसको ऐतिहासिक प्रमाण छैन।

घुम्ने क्रममा एक पर्यटकले साेधे, यहाँ भित्र हराएर मरेका पनि छ कि ? तत्कालै गाइडले उत्तर दिए, “यहाँ भित्र कसैले साउति गरेकाे त सुनिन्छ भने डराएर कराएकाे त झन नसुन्ने कुरै भएन, जहाँ हराए पनि हामी सुरक्षित रूपमा निकाल्छाैं ।” नभन्दै उनी गल्लीकाे पल्लाे छेउमा गएर हामीलाई साउति ( आवाज निकालेर हाेइन) गरेर बाेलाए, हामीले सुनेर उनलाई पछ्याउँदै भूलभूलइयाका गल्लीगल्ली चाहार्याै ।

पर्यटकीय महत्त्व

आज भूलभुलइया लखनउको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलमध्ये एक हो। स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँको रहस्यमय गल्छीमा घुम्न, छतबाट पुरानो लखनउ सहरको दृश्य अवलोकन गर्न र नवाबी कालीन वास्तुकलाको अनुभूति लिन आउँछन्। यो स्थल उत्तर प्रदेशको सांस्कृतिक पहिचानको महत्वपूर्ण अंग बनेको छ।

लखनउको भूलभूलैया केवल गल्छीहरूको भूलभुलइया मात्र होइन, यो इतिहास, कला, इन्जिनियरिङ र मानव संवेदनाको संगम हो। सामाजिक उत्तरदायित्व, अद्वितीय वास्तुकला र रहस्यले भरिएको यो स्थल भारतीय सांस्कृतिक सम्पदाको अमूल्य धरोहरका रूपमा सदैव स्मरणीय छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
अमिका राजथला

अन्य लेखहरू: अमिका राजथला

यस लेखकका अन्य रोचक लेखहरू
कलाको भाषामा अन्तर्दृष्टि

कलाको भाषामा अन्तर्दृष्टि

उनका कला हेर्ने दर्शकले आयाताकार अनुहारलाई कलम, कुची वा अन्य केही अनुमान लगाउन सक्छन् तर उनी भन्छिन् "याे मेराे चित्रकला...

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधी...

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

मध्य पश्चिम युद्धको चपेटामा नेपाली बजार

विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्...

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वायु प्रदूषण कसरी नियन्त्रण गर्ने?

वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको...

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

एप्स्टिन काण्डः शक्तिशाली पुरुषहरूलाई सतह देखाउने पत्रकार जुली के. ब्राउन

जेफ्री एप्स्टिन काण्ड ! लाखौं पेजमा फैलिएको कुकृत्यको उक्त एप्स्टिन फाइलमा हालका अमेरिकी राष्ट्रपतिदेखि पूर्व राष्ट्रपति...

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार संस्कारमा "बाह्रा:पिकायेेगु" सूर्यदेवसँग विवाह हाे कि पूजा मात्र ?

नेवार समुदायकाे संस्कृति पृथक छ, राेमाञ्चक पनि । यही कारण हुनसक्छ संस्कार-संस्कृतिकाे पहिचानमा हाेस् या व्यवहारमा- यसले ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्