११ असार २०८३, बिहिबार

संगठित मानव अंग तस्करीमा संलग्न दुई पक्राउ


अ+
अ-

काठमाडौं, भदौ १५ । नेपाल प्रहरीले मानव अंग तस्करीको संगठित गिरोहमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपालका विभिन्न जिल्लाबाट मानिसहरुलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीस्थित अस्पतालमा अवैध रुपमा मृगौला (किड्नी) प्रत्यारोपण गराउने कार्यमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकका ३८ वर्षीय श्याम कृष्ण भण्डारी र २९ वर्षीय सुजन भारती पक्राउ परेका हुन् । श्यामकाे सहयाेगीका रूपमा काम गर्दै आएका सुजन आफैंले पनि किड्नी बेचेकाे र एकजना ग्राहक बापत ४० हजार लिने गरेकाे उनले वयान दिएकाे नेपाल प्रहरीबाट जारी विज्ञप्तिमा जनाईएकाे छ ।

प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरुले लामो समयदेखि आर्थिक लोभ देखाएर व्यक्तिलाई भारत पुर्‍याई किड्नी प्रत्यारोपण गराउँदै आएको तथ्य फेला परेको हो । ब्युरोले सञ्चारमाध्यममा सार्वजनिक जानकारी र अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा भण्डारी र भारतीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

अपरेसन लाइफ शिल्ड’ अभियान

मानव अंग तस्करी नियन्त्रणका लागि ब्युरोले सञ्चालन गरेको ‘अपरेसन लाइफ शिल्ड’ अभियान अन्तर्गत गत असारदेखि नै विशेष निगरानी र गोप्य अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धान क्रममा नेपालका सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवनलगायत जिल्लाबाट मानिसहरुलाई आर्थिक प्रलोभनमा पारी भारत लैजान खोजिएको पुष्टि भएको हो ।

भारतसम्मको संलग्नता

अनुसन्धानमा संलग्न टोलीका अनुसार, पीडितलाई दिल्ली लगेर विभिन्न निजी अस्पताल तथा क्लिनिकमार्फत अवैध रुपमा किड्नी प्रत्यारोपण गर्ने कार्य हुँदै आएको देखिएको छ । यसक्रममा पक्राउ परेकाले मृगौला तस्करीको सम्पूर्ण प्रक्रिया व्यवस्थित गर्ने काम गर्दै आएको समेत खुलेको छ । उनीहरुले मृगौला दातालाई दिल्लीसम्म पु¥याएर बसोबास, खानपान, अस्पताल प्रवेशदेखि प्रत्यारोपणसम्मको सम्पूर्ण व्यवस्थापन गरेको पाइएको छ ।

प्रहरीले अवैध मानव अंग प्रत्यारोपणमा संलग्न हुने व्यक्तिलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, रोजगारी वा आर्थिक प्रलोभनमा परेर विदेश जाने क्रममा यस्ता गिरोहको शिकार नबन्न सबैलाई सचेत रहन अपिल गरेको छ ।

पक्राउ परेका दुईजनाविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

स्केच स्राेत: नेपाल प्रहरी

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गर्ने व्यक्ति पक्राउ...

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक: पूर्वतयारीका कामहरु सक्न सम्बद्ध निकायहरुलाई अनुरोध...

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने

सरकारले असारको तेस्रो साताबाट भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने...

युगाण्डा र भियतनामका गरी  सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ

युगाण्डा र भियतनामका गरी सात जना पक्राउ...

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता

इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता...

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने

मनसुन देशका आधाभन्दा बढी क्षेत्रमा फैलियो, अन्य भागमा विस्तार हुन अझै केही दिन लाग्ने...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्