१५ भदौ २०८३, मंगलबार

बालबालिकालाई स्वर्णप्राशन खुवाउने अभियान तत्काल रोक्न नेपाल पेडियाट्रिक सोसाइटीको आग्रह


अ+
अ-

काठमाडौं, भदौ ९ । नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) ले बालबालिकालाई स्वर्णप्राशन/स्वर्णबिन्दु खुवाउने अभियान तत्काल रोक्न आग्रह गरेको छ।

सोसाइटीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आयुर्वेदिक वा अन्य कुनै स्वरूपमा बालबालिकालाई सुन (Gold) खुवाउने अभ्यास वैज्ञानिक दृष्टिले प्रमाणित नभएको, बरु यसबाट दीर्घकालीन स्वास्थ्य हानी हुने जोखिम रहेको भन्दै बालबालिकाको जीवन र स्वास्थ्यसँग खेलबाड नगर्न चेतावनी दिएको छ।

नेपासका अध्यक्ष डा. अरुणकुमार न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्व स्वास्थ्य संगठन (WHO) ले समेत भारी धातु (Gold, Lead, Mercury आदि) प्रयोगमा गम्भीर चिन्ता जनाएको उल्लेख छ। नेपालमा औषधि व्यवस्था विभाग (DDA) बाट अनुमति प्राप्त नगरेका तथा प्रमाणिक परीक्षण नभएका पदार्थ प्रयोग नगर्न पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “बालबालिकामा सुन खुवाउने अभ्यास तत्काल स्थगित (moratorium) गर्नुपर्नेछ। यससम्बन्धी सम्पूर्ण अभियानहरु रोक्नुपर्नेछ।”

सोसाइटीले बालबालिकालाई सुन वा भारी धातुयुक्त पदार्थ खुवाउन नहुने स्पष्ट गर्दै, यस्ता पदार्थ उत्पादन वा वितरण गर्नुअघि औषधि व्यवस्था विभागबाट अनुमति र परीक्षण अनिवार्य हुने जनाएको छ। साथै, आमा–बुबा तथा अभिभावकलाई भ्रामक प्रचारमा नपरी वैज्ञानिक आधारमा प्रमाणित उपाय मात्र अपनाउन आग्रह गरिएको छ।

नेपासले स्वास्थ्यकर्मी तथा नीति निर्मातालाई पनि बालबालिकाको जीवन र सुरक्षा सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन चाहिने उपायका लागि स्वर्णप्राशनजस्ता अप्रमाणित अभ्यास होइन, बरु स्वस्थ आहार, नियमित खोप, स्वच्छता र पोषणलाई जोड दिनुपर्ने सोसाइटीको निष्कर्ष छ।

विज्ञप्तिमा ‘सुन खुवाउँदा प्रतिरक्षा क्षमता बढ्छ’ भन्ने प्रचार भ्रमपूर्ण रहेको भन्दै आम नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ। सोसाइटीले वैज्ञानिक प्रमाण नभएका यस्ता अभ्यासले बालबालिकाको स्वास्थ्य गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्