५ बैशाख २०८३, शनिबार

"सुख दुःखको के कुरा गर्नु, मेरो त ‘जंक्व’ नै भएन"


अ+
अ-
शेरबहादुर नकर्मीले जीवनका बयासी वसन्त देखेका छन् र थुप्रै तीतामीठा अनुभवहरु पनि जीवनको धागोमा उनेका छन् । जीवनको यस अन्तिम कालमा आएर एउटा सा¥है तीतो अनुभव गर्नु परेकोमा भने खिन्न छन् । उनको गुनासो हो आफ्नो ‘जंक्व’ हुन नसक्नु । नेवार समुदायमा सतहत्तर वर्ष, सात महिना र सातौं दिनको वयोवृद्ध उमेरमा पहिलो ‘जंक्व’ (भीमरथारोहण) गरिन्छ जुन महत्वपूर्ण संस्कारको रुपमा मानिन्छ । उनी यसै समुदायका एक सदस्य हुन् ।

जंक्व किन नभएको त ? प्रश्न खस्न नपाउँदै चाउरी परेको अनुहार अझ खुम्चाउँदै र हात पनि पल्टाउँदै सुस्केरा हाल्ने सूरमा भन्छन्– ‘खोई कल्ले गर्दिने ?’

उनको सोधाइसँगै एउटा व्यङ्ग्यपूर्ण हाँसो पनि निस्कन्छ ।

जंक्व गर्ने उमेर पुगेकाको जंक्व संस्कार सम्पन्न गर्न सन्तानहरु आफै पनि उत्साहित हुन्छन् । यो संस्कार सम्पन्न गर्न पाएकोमा उनीहरु गौरवान्वित पनि हुन्छन् । दिनहीन अवस्थामा र आफ्नो कोही नहुनेको बाहेक प्रायःको जंक्व गरिन्छ । शेरबहादुरको त्यस्तो अवस्था छैन । उनको जंक्व हुन नसक्नुको कारण रहेछ, त्यो सांस्कृतिक विधि सम्पन्न गर्न आवश्यक पुरोहितकै गाउँमा अभाव हुनु । नेवार समुदायभित्र पनि विभिन्न उपसम्प्रदायहरु विभिन्न सांस्कृतिक दायित्वसँग सम्वन्धित गराइएको हुन्छ र सोही अनुसार नेवार समाज जीवन्त हुँदै आइरहेको छ । त्यो गाउँमा नकर्मी थरका नेवारहरुमात्रै रहेछन् र त्यसैभएर टोलको नाम नै नकर्मी टोल राखिएको छ । एउटै परिवार मात्रै हुनाका कारण पनि यो समस्या भएको छ । उहिले बाहिरबाट गुभाजु ल्याएर भएपनि जंक्व गथ्र्याैं तर यहाँसम्म टाढा छ भनेर आजभोलि आउन मान्दैनन् । आफैले मात्रै गर्न सकिने विधि व्यवहार भने चलाइराखेका छौं’– सत्तरी वर्षीया वृद्धा फूलमाया नकर्मी थप जानकारी दिन्छिन् । अबको केही वर्षपछि आफ्नो पनि जंक्व गर्ने बेला आउने तर शेरबहादुरकै नियति भोग्नु पर्नेमा उनी पनि खिन्न छिन् ।

नकर्मी टोल सिन्धुपाल्चोक जिल्लाको नवलपुर गाविस अन्तर्गत पर्दछ । काठमाडौंबाट विहान छुटेको सार्वजनिक यातायात साँझसम्ममा पुगिसक्छ । अरनिको राजमार्ग हुँदै सदरमुकाम चौतारा र चौताराबाट केही घन्टाको यात्रापछि नवलपुर पुगिन्छ । तर काठमाडौं र नवलपुरको परम्परागत पैदल मार्ग भने सुन्दरीजलबाट साँखु हुँद अगाडि बढ्ने बाटो हो । नवलपुर काठमाडौंबाट ल्हासा जाने प्राचीन बाटो हो र यस बाटो र बाटोको छेउछाउमा निकै वर्षअघिदेखि बस्दै आएका नेवार वस्तीहरु प्रसस्तै देख्न पाइन्छ ।

दुईदेखि चार तल्लासम्मका घरहरु दुवैतिर लहरै बनाएर गाउँठाउँको विकास गर्ने प्रवृत्ति नेवार समुदायको पहिचान नै भन्दा हुन्छ । नकर्मी टोलमा पनि यही प्रवृत्ति विद्यमान छ । काठमाडौंका परम्परागत नेवार बसोबासहरु हेरिसकेका जोकोही पनि नकर्मी टोल पुग्ने हो भने काठमाडौंकै कुनै वस्तीमा रहेको अनुभव गर्छन् । नकर्मीहरुको परम्परागत शिल्प वा पेशा फलामसँग सम्वन्धित भएपनि हाल कोही पनि यसमा संलग्न छैनन् । बरु यो पेशा अन्य जातिको कामी समुदायलाई विष्टि प्रथामा दिएका छन् । यिनीहरु हाल खेती किसानी गर्छन् र खेती किसानीको तौरतरिकाहरु सबै काठमाडौंसँग नै मिल्दाजुल्दा छन् ।

तिब्बतसँग नेपालको युद्ध भएका बेला आवश्यक हतियार बनाउन काठमाडौंबाट नवलपुरमा ल्याएको र युद्धपछि राज्यले आफूहरुलाई यहीं बस्ने बन्दोबस्त मिलाइदिएको बताउँछन् तर ऐतिहासिक तथ्यहरुले उक्त घटनाभन्दा निकै पुरानो इतिहास भएको पुष्टि गर्दछ । गोरखाका राजा पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तार गर्दै पटक पटकको नवलपुरको आक्रमणमा विफल भएपछि त्यहाँस्थित भीमसेन देवताको भाकल गर्दा बल्ल नवलपुर विजय भएको थियो । यसै सन्दर्भमा उनले भीमसेनको नाममा १२ मुरी धान आउने एउटा गुठी बनाई त्यसको नाउमा जग्गा पनि हालिदिएका थिए, जुन यद्यपि संचालनमा नै रहेको छ ।
गाउँमा अझै पनि विद्यालय स्थापना भइसकेको छैन । छिमेकी गाउँमा विद्यालय आएपछि यहाँका केटाकेटीहरुमा औपचारिक अध्ययन हुन थालको थियो । हालसम्म यस गाउँमा चार जना महिला र चार जना पुरुषले मात्र एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् भने कलेज जानेको संख्यामा चार जना महिला र तीन जना मात्रै पुरुष रहेका छन् ।

यस क्षेत्रमा औपचारिक घरको घरमूली पुरुष नै हुने भएपनि ढुकुटीको ताल्चा भने महिलाको हातमा हुने गर्दछ । देशकाल र परिस्थिति अनुसार चल्नु पर्ने भएका कारण हाल यस समाजमा अन्तर्जातीय विवाहलाई निषेध नै त गरिएको छैन तर पूजाआजामा भने आफ्नै जातको चाहिने कुरामा अझै पनि जोड दिन्छन् । उनीहरुका अनुसार विजातिका बुहारीलाई पूजाआजामा चलाउन मिल्दैन । किन त ? जवाफ दिन्छन्– ‘आफ्नो परम्परा र संस्कृति त जोगाउनु प¥यो नि ।’

एकतीस बर्षिय युवा हिमाल नकर्मी भन्छन्– एउटा संस्कार हराउनु बूढी मर्नु होइन, काम पल्कनु हो त्यसैले यहाँ जंक्वलगायतका संस्कारहरुलाई पुनः चलाउनु पर्छ र हामी त्यसको प्रयत्नमा छौं ।’

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्