काठमाडौंमा बाढी–पहिरोको जोखिम बढ्दो, प्रहरीको उद्धार कार्य र मौसमविद्को चेतावनी


अ+
अ-

काठमाडौं, असोज १८ । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा बाढी र सडक भासिने घटनाहरू बढेका छन्। जल तथा मौसम विज्ञान विभागका विज्ञहरूका अनुसार अझै कम्तीमा २० घण्टासम्म अत्यधिक सतर्क रहनुपर्ने अवस्था रहेको छ।

काठमाडौं महानगरपालिका–१४ बाफलस्थित कोहिनुर हाउजिङ नजिक मनमती खोला किनारको सडक भासिएपछि प्रहरीले थप धनजनको क्षति हुन नदिन तत्काल आवश्यक व्यवस्थापन गरेको छ। त्यस्तै महानगरपालिका–२६ स्थित म्हेपी खोलामा बगेका व्यक्तिलाई पनि नेपाल प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।

नेपाल प्रहरीका अनुसार, वर्षा र बाढीले जोखिम बढेका क्षेत्रहरूमा तत्काल उद्धार र सतर्कता कार्य अघि बढाइएको छ। प्रहरीको विज्ञप्तिमा भनिएको छ, “खोला किनार र तल्लो बस्तीहरूमा जनताको सुरक्षालाई प्राथमिकता दिइँदै टोलीहरू परिचालन गरिएका छन्।”


मौसम प्रणाली उत्तरतर्फ सर्दै, रातभर वर्षा जारी रहने अनुमान

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार वर्षा गराउने मौसमी प्रणाली अहिले बीरगंज र रौतहट क्षेत्रमा सक्रिय छ। पछिल्ला १८ घण्टामा बीरगंजमा २५८ मिमि र रौतहटमा ३०९ मिमि वर्षा मापन भएको छ।
उनका अनुसार, “प्रणालीको गति हेर्दा यो राति बीरगंजबाट उत्तरतर्फ सर्दै मकवानपुर हुँदै काठमाडौं उपत्यका, काभ्रे, धादिङ, सिन्धुली, रामेछप लगायत क्षेत्रमा केन्द्रित हुँदै जाने सम्भावना छ।”

उपाध्यायले भने, “रातभर चट्याङसहित निरन्तर वर्षा हुनेछ, भोलि बिहान करिब १० बजेदेखि मात्र केही कम हुने सम्भावना छ, तर पूर्ण रूपमा रोकिन भने भोलि साँझसम्म पर्खनुपर्ने हुन्छ।”
उनका अनुसार, यदि राति वर्षाको तीव्रता बढेमा खोला किनार र तल्लो बस्तीहरूमा थप समस्या आउन सक्छ, विशेषगरी ललितपुर क्षेत्रमा बाढीको उच्च जोखिम देखिन्छ ।


प्रमुख नदीहरूमा बहाव बढ्दो, बागमती खतरा तह नाघ्यो

अर्का मौसमविद् धरमराज उप्रेतीका अनुसार बागमती नदीले काठमाडौंको बालकुमारी र ललितपुरको खोकना क्षेत्रमा खतरा तह पार गरिसकेको छ। मकवानपुरको लालबकैया र सिन्धुलीको कमला नदीमा पनि बाढीको बहाव बढ्दो अवस्थामा रहेको उनले बताए।

उप्रेतिका अनुसार, “भक्तपुरको हनुमन्ते खोला सतर्कता तहमा पुगेको छ भने पनौतीको कोशी खोलाले पनि सतर्कता तह पार गरेको छ।”
उनले थपे, पछिल्ला १२ घण्टामा काठमाडौंमा १०१–१०४ मिमि, ललितपुरको गोदावरीमा १२२ मिमि वर्षा र मधेस प्रदेशका बीरगंज र रौतहटमा क्रमशः २४७ मिमि र ३२८ मिमि वर्षा रेकर्ड गरिएको छ, जुन “अत्यधिक भारी वर्षा”को श्रेणीमा पर्छ।

उप्रेतिका अनुसार, “उपत्यकामा आज रातिसम्म लगातार वर्षा भइरहने देखिन्छ। उपग्रह चित्र हेर्दा भोलि आइतबार साँझतिर मात्र सुधारको संकेत देखिन्छ।”


राज्यको तयारी प्रशंसनीय, तर जोखिम अझै कायम

मौसमविद् उपाध्यायले हालसम्मको सरकारी संयोजनलाई “प्रशंसनीय” भन्दै भने, “यसपटक राज्यले लामो दूरीका यात्रा नियन्त्रण, सूचना प्रसारण र सतर्कता तयारीमा राम्रो भूमिका खेलेको छ।”

तर दुवै विज्ञले भनेका छन्—यो समय अझै जोखिम कम भएको छैन। खोला किनार, डुवान सम्भावित क्षेत्र र पहाडी भागमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्