१५ भदौ २०८३, मंगलबार

विद्युत ट्रान्सफर्मर चाेर र खरिदकर्ता पक्राउ


अ+
अ-

काठमाडौं, साउन २१ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फतसार्वजनिक गरेको छ ।

साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमामोरङ,सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिकीकरण गरेका थिए ।

जिल्लाका बिभिन्न स्थानहरुमा जडान गरिएको विद्युतिय ट्रान्सफर्मरहरु विभिन्न मितिमा चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगर कोशी प्रदेशको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरुमा विशेष निगरानी बढाएकाे तथा संकास्पद स्थानहरुमा स्टिङ अपरेशन, प्राविधिक अध्ययन, सिसिटिभी निगरानी तथा चोरी भएका ट्रान्सफर्मरका सामग्रीहरु बिक्रि तथा खरिद गर्न सक्ने सम्भावित कवाडी पसल, भाँडा पसल तामा फ्याक्ट्रीहरुमा निगरानी तथा खानतलासी गरिएकाे थियाे ।

निगरानी तथा खानतलासी गर्दा चोरीमा संलग्न ७ जना व्यक्तिहरु र उक्त चोरीका सामग्री खरिद गर्ने ५ जनालाई ट्रान्सफर्मर चोरीमा प्रयोग भएका औजार, सवारी साधनहरु तथा ट्रान्सफर्मरमा प्रयोग भएका तामाको तारहरु सहित नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।

विभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धानको क्रममा मोरङ ग्रामथान-४ का ४२ वर्षीय अर्जुन कुमार माझी, ग्रामथान-५ का ३१ वर्षीय इरज धामी, बेलबारी-३ का २७ वर्षीय रञ्जित तामाङ, बेलबारी-४ का २६ वर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-३ का ३५ वर्षीय अनुज विस्वास, दुहवी-२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरीर भारत घर भई हाल दुहवी-४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो । यस्तै, चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर-६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्टराई इटहरी-४ का ३९ वर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुनसरीको इटहरी-१४ स्थित इरज धामीको डेरा कोठाबाट ७ किलोग्राम, इटहरी-४ का सिताराम राईको भाँडा पसलबाट ४७ किलोग्राम, इटहरी स्थित दिलिप चौधरीको कवाडी पसलबाट १२० किलोग्राम, मोरङ बुढीगंगा-३ स्थित बिनय साहको यस यस मेटल फ्याक्ट्रीबाट ११५ किलोग्राम,बिराटनगर-६ का अजय साहको दुर्गा भाँडा पसलबाट ६२ किलोग्राम, कृष्ण गोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्सबाट १७ किलोग्राम, लक्ष प्रधानको कवाडी पसलबाट ५२० ग्राम ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तार बरामद गरेको थियो भने चोरीमा संलग्न व्यक्तिहरुबाट विभिन्न साइजका आैजार तथा विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोवाइल समेत बरामद गरेको थियो ।

उक्त समुहले मोरङको विभिन्न स्थानबाट ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्