१६ भदौ २०८३, बुधबार

प्रधानमन्त्री सुशीला कार्कीकाे भ्रष्टाचारविरुद्ध कडा कदमको आश्वासन


अ+
अ-

काठमाडौं, कार्तिक १३। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरकार, राजनीतिक दल र जेन–जिबीचका प्रतिनिधिसँग भएको त्रिपक्षीय संवादको समापन मन्तव्यमा आफूले जिम्मेवारी त्यागेर भागेको होइन भनी स्पष्ट पार्दै देशको वर्तमान असहज परिस्थितिमा अगाडि आँटेर काम गर्ने प्रतिबद्धता दोहोराइन्।

प्रधानमन्त्री कार्कीले सुरुमा बताइन् कि उनी “रहरले” पदमा नआएको र पहिला राष्ट्रपति कार्यालयसम्म गएको बताउँदै, त्यतिबेला राष्ट्रपतिसँग ओमप्रकाश अर्याल (ओमजी) र उनका श्रीमान् पनि उपस्थित भएको स्मरण गराइन्। उनले भनिन् — “मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन’ भन्दै म त्यहाँबाट हिँडेकी पनि हुँ। तर राष्ट्रपतिज्यूले “देशले खोजेको बेला जिम्मेवारी नलिने” भन्नुभयो, त्यसपछि म अगाडि बढ्दै आएको हुँ।”

प्रधानमन्त्रीले ती दिनका केही घटनाले आफूलाई सक्रिय बनाएको औँल्याउँदै निर्दोष नागरिक र घाइतेका अनुहार हेरेपछि देशलाई साथ दिन आवश्यक ठानेको बताइन् । उनले भनिन् , “मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ… मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।”

कार्कीले सहिद परिवार, घाइते र परिवर्तनकामी युवाहरूको आवाज सम्बोधन गर्ने प्रतिवद्धता दोहोर्याइन् र बलिदानी दिने परिवारलाई समेत अलपत्र नराख्ने आश्वासन दिइन् — “बोलेको पु¥याउँछौँ।”

उनले अहिलेसम्मको कामलाई चुनाव केन्द्रित भएता पनि नियमित छलफल र गृहकार्य हुँदै गएको, समस्याहरू फुकाउने प्रयास भइरहेको र विश्वासको वातावरण बन्न थालेकाे, प्रहरीको मनोबल बढेको र भागेका कैदीबन्दीसमेत समातिने स्थितिको उल्लेख उनले गरेकी छन्।

विदेशी हस्तक्षेपसम्बन्धी अस्वस्थ्य अनुमानप्रति प्रधानमन्त्रीले स्पष्टता दिईन् — कुनै विदेशीले सरकारलाई निर्देशन दिएको छैन र हस्तक्षेपको कुरा ‘तर्साउने हतियार’ मात्र भएको उनको भनाइ थियो।

न्यायाधीशहरूसँग सम्बन्धित प्रश्नमा उनले तुलना गर्दै संविधानले न्यायाधीश भएर सांसद/मन्त्री बन्न रोक्दैन भन्ने विषयमा बहस हुन सक्ने तर भारत जस्ता अन्य देशमा समेत न्यायाधीशबाट राजनीतिमा आएको उदाहरण रहेका छन्।

अन्त्यमा प्रधानमन्त्री कार्कीले आफू र उनका परिवार लडाकु स्वभावका भएको उल्लेख गर्दै, भ्रष्टाचारविरुद्ध कडा नियतताको पुनरावलोकन गरिन् — “यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु।” उनले केही फाइलहरू खुल्दै र भ्रष्टाचारमा संलग्नका विरुद्ध कारबाही सुरू भएको संकेत समेत दिइन्।

त्रिपक्षीय संवादपछि जारी उक्त समापन मन्तव्यले सरकारको नीतिगत दृढता, युवा–पीडितप्रति संवेदना र भ्रष्टाचारविरुद्ध निर्देशन स्पष्ट भएको देखिन्छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्