३१ जेठ २०८३, आइतबार

पूर्व र मध्यक्षेत्रकाे उच्च पहाडी क्षेत्रमा भारी हिमपात र वर्षाको सम्भावना


अ+
अ-


काठमाडौं, कार्तिक १२ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिनका लागि देशका विभिन्न प्रदेशहरूमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

विभागद्वारा जारी मौसमसम्बन्धी चेतावनीका अनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।

मौसम विज्ञहरूले यी क्षेत्रहरूमा वर्षा र हिमपातसँगै नदी–नाला तथा जलस्रोतको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने र हिमाली भेगमा चिसो हावाको प्रभाव बढ्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

विभागले कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका सबै जिल्लामा सतर्क रहन तथा गण्डकी प्रदेशका मनाङ, गोरखा, चितवन लगायतका जिल्लामा पनि सावधानी अपनाउन सिफारिस गरेको छ। साथै, मुगु, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा आंशिक असर रहने बताइएको छ।

राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रका स्थानीय तहहरूलाई पूर्वतयारी र सचेत रहन अनुरोध गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्