१६ भदौ २०८३, बुधबार

एफडब्लुएलडीको सामाजिक परीक्षण सम्पन्न, लैङ्गिक न्याय र नीति पैरवीमा प्रभावकारी वर्ष


अ+
अ-

काठमाडौं, असाेज २९ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आर्थिक वर्ष २०८१/०८२ का आफ्ना कार्यक्रम र परियोजनाहरूको सामाजिक परीक्षण सम्पन्न गरेको छ। मञ्चका सामाजिक परीक्षक निरेश चापागाईंले परीक्षण प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रमको अध्यक्षता एफडब्लुएलडीकी सचिव अधिवक्ता लक्ष्मी पोखरेलले गरिन् भने प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरा लाल तण्डुकार रहे।

चापागाईंका अनुसार एफडब्लुएलडी अहिले देशका ७७ वटै जिल्लामा काम गर्दै आएको छ र यसको सञ्जाल राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तहसम्म फैलिएको छ। पाँच वर्षे रणनीतिक योजना अनुसार संस्थाले महिला हिंसाविरुद्धको अभियानलाई प्राथमिकतामा राखेको छ। त्यसैसँगै नागरिकता संघर्ष सञ्जाल, कर्मचारी व्यवस्थापन सुदृढीकरण र ‘मेरो अधिकार’ मोबाइल एपमार्फत सेवा विस्तारका पहलहरू अघि सारिएका छन्।

सामाजिक परीक्षणमा प्रस्तुत प्रतिवेदनअनुसार, एफडब्लुएलडीले गत वर्ष कानुनी पहिचान, लैङ्गिक तथा यौन हिंसाविरुद्धको अभियान, विपद र जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार, मानव बेचबिखन र सुरक्षित आप्रवासनजस्ता क्षेत्रहरूमा काम गरेको छ। साथै, अन्तर्राष्ट्रिय उत्तरदायित्वसम्बन्धी वकालतमा पनि सक्रिय भूमिका खेलेको छ।

संस्थाले नीतिगत पैरवी, कानुन निर्माणमा योगदान, लैङ्गिक उत्तरदायी बजेट र समावेशीकरणका लागि सरकारी दस्तावेजहरूमा प्रतिवद्धता जनाएको छ। परीक्षणमा सिड (CEDAW) संयन्त्रको प्रभावकारी प्रयोग, सांसदहरूको क्षमता अभिवृद्धि र बेइजिङ+३० लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा एफडब्लुएलडीको उल्लेखनीय सहभागिता भएको बताइएको छ।

एफडब्लुएलडीले विपदका बेला यौन तथा प्रजनन स्वास्थ्य, बालअधिकार र एकीकृत स्वास्थ्य सेवामा पैरवी गर्दै आएको छ। साथै, कानुनी सेवा र परामर्शमार्फत महिला र बालबालिकाका अधिकार संरक्षणमा निरन्तर काम गरिरहेको छ।

प्रमुख अतिथि वडा अध्यक्ष तण्डुकारले वडाभित्रका संस्थाहरूले सामाजिक परीक्षणको अभ्यास अघि बढाउँदै जिम्मेवार शासनलाई सुदृढ बनाएको बताए। उनले अप्ठ्यारोमा परेकाहरूका लागि न्यायिक सहयोग पुर्‍याउँदै आएको एफडब्लुएलडीको योगदानप्रति खुशी व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा एफडब्लुएलडीकी सचिव अधिवक्ता लक्ष्मी पोखरेलले सामाजिक परीक्षणमार्फत पारदर्शिता र उत्तरदायित्व सुदृढ भएको बताउँदै आर्थिक वर्ष ०८१/८२ का कामहरू सफलतापूर्वक पारित भएकोमा सबैलाई धन्यवाद दिइन्।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्