३१ जेठ २०८३, आइतबार

देशभरका मुख्य नदीहरूमा जलस्तर सामान्य, केही साना खोला–नालामा मध्यम जोखिम


अ+
अ-

काठमाडौं, असोज २० । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साेमबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका प्रमुख नदीहरूको जलस्तर हाल सामान्य अवस्थामा रहेको जनाएको छ।

कोशी, नारायणी, कर्णाली, बबई र पश्चिम राप्ती लगायतका मुख्य नदी तथा सहायक नदीनालाहरूमा अहिले पानीको बहाव सामान्य स्तरमै रहेको विभागले जनाएको हो। आगामी दुई दिन — असोज २१ र २२ — सम्म पनि यी नदीहरूमा जलस्तर सामान्य रहने अनुमान गरिएको छ।

बुलेटिनमा कोशी बेसिनअन्तर्गत तामोर, त्रियुगा, अरुण, दुगुन, तामाकोशी, सुनकोशी लगायतका नदीहरूमा सामान्य घटबढ हुने उल्लेख गरिएको छ। त्यस्तै, नारायणी बेसिनका नारायणी, त्रिशूली, पश्चिम राप्ती, र बबई नदीहरूमा पनि उल्लेखनीय जलस्तर वृद्धि नहुने विभागको मूल्यांकन छ।

यद्यपि, विभागले साना नदी–नालाहरूमा भने सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी इलाम, झापा, हुम्ला, बाजुरा र बाझाङ जिल्लामा रहेका स–साना नदी–खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउने सम्भावना मध्यम स्तरको रहेको चेतावनी दिइएको छ।

भोलि (असोज २१ गते) सुर्खेत र आसपासका क्षेत्रका स–साना नदीहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहने विभागले जनाएको छ। त्यस्तै असोज २२ गते प्रदेश १ र सुदूरपश्चिम प्रदेशका स–साना नदीहरूमा बहाव बढ्न सक्ने अनुमान गरिएको छ।

विभागले वर्षाको प्रभावमा आउने सम्भावना भएका नदी–नालाको आसपास बसोबास गर्नेहरूलाई सचेत रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्