९ भदौ २०८३, बुधबार

सर्वाधिक अभिसप्त राजा पृथ्वीनारायण शाह


अ+
अ-

नेपालको इतिहासमा सर्वाधिक अभिसप्त राजा, पृथ्वीनारायण शाह । प्रशंसकबाट दैवीकरण र प्रत्युत्तरमा दानवीकरण हुनुले पृथ्वीनारायण शाहको सही मूल्याङ्कन हुँदैन । इतिहासको एक चरित्रलाई इतिहासको एक अध्यायको रूपमा बुझ्न नसक्नु दृष्टिदोष हो भने यही दोषले उनी अभिसप्त हुन पुगे ।

पृथ्वीनारायण शाह नहुँदो हो, नेपाल र नेपाली नै नहुने अभिव्यक्ति इतिहाससम्मत होइन । उनीभन्दा दुई हजार वर्षअघि नै नेपाल र नेपाली थियो र ऐतिहासिक प्रवाह प्रवाहित थियो । बरु यो पक्का हो, उनले गोरखालगायत ठुलो भूभाग तत्कालिन नेपालमा गाभ्न ल्याएर आफू र अरुलाई पनि नेपाली बनाए । तबैदेखिको समयलाई आधुनिक नेपाल भन्ने गरिएको छ । यो उनको योगदान हो ।

तत्कालिन गोरखा राज्य सानो र हरेक दृष्टिले कमजोर थियो । लमजुङलगायतका छिमेकी राज्यबाट हेपिएको र अलग्याइएको थियो । स्वतन्त्र गोरखाको अस्तित्व लमजुङलाई मान्य थिएन । यस अवस्थामा नेपालमण्डलअन्तर्गतका तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरसँग सम्पर्क बढाउनु अनिवार्यजस्तै हुनपुग्यो । बढाए पनि । यस क्रममा यी तीन राज्यको कमजोरीमा डुबुल्की मारेर तीमाथि आधिपत्य पनि जमाए । उनी महत्वाकांक्षी थिए र विजयअभियानलाई निरन्तरता दिँदै अझ पूर्वतिर हान्निए । पश्चिमतिर आफ्ना शत्रु राज्यहरूसँग ईख मार्ने अभिलाशा उत्तराधिकारीहरूबाट पूर्ण भयो । गोरखा राज्यको यो विस्तारको औचित्य स्थापना गर्न धेरैपछि प्रशंसकहरूले यसैलाई एकीकरण नाम दिएका हुन् ।

आफ्नो राज्य सबैलाई प्यारो हुन्छ । अन्य राज्यको अतिक्रमण स्वीकार्य हुँदैन । विदेशी आक्रमणका विरुद्ध प्रतिकार गर्छन् । युद्धमा ज्यादती पनि हुन्छ । युद्धकालिन त्यो ज्यादती बिर्सन सकिन्न । पछिका शासकले त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु पर्दथ्यो तर शाहवंशीय राज्यसत्ता युद्धउन्मादमै रत्तिए । शाहवंशीय राजतन्त्र नै अन्त्य भएर गणतन्त्रको स्थापना भइसक्दा पनि त्यो युद्धउन्माद रहिरहनुको दृष्टान्त हो, उनको गल्ती र कमजोरी तथा ज्यादतीलाई ढाकछोप तथा पीडितमाथि हेपाहा दृष्टिकोण राखिराख्नु । उनको दैवीकरण र ज्यादतीलार्इृ उचित ठह¥याउँदै खाटा बसिसक्नु पर्ने घाउलाई कोतरेरै भएपनि नूनचुक हाल्दै गर्नुगरेपछि अर्को पक्षबाट दानवीकरण हुनु स्वाभाविक हो ।

र, पृथ्वीनारायण शाह प्रशंसकबाटै अभिसप्त हुनपुगे । यस अवस्थामा दुई अतिवादी धारबाट अलग्गिएर तथ्यमा आधारित भई अध्ययन गर्नुपर्दछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्