१५ भदौ २०८३, मंगलबार

चाँदनी जोशी संकल्पबाट सम्मानित


अ+
अ-

ललितपुर, भदाै ६ । महिला सशक्तिकरण, महिला समावेशीता तथा सहभागिताकाे लागि आवाज उठाउने काम गर्दै आएकाे संस्था “संकल्प” ले आज ललितपुरमा एक समारोहको आयोजना गरी दक्षिण एसियाकै लागि प्रेरणाको स्रोत बनेकी सामाजिक व्यक्तित्व चाँदनी जोशीलाई सम्मानित गरेको छ।

कार्यक्रमका बिच चाँदनी जोशीको संघर्ष, सफलता र उनको जीवनयात्रामा आधारित एक विशेष भिडियो प्रस्तुत गरियो, जसले उनको व्यक्तित्व र योगदानलाई उजागर गरेको थियो।

यसै कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य डा. लिली थापा, यूएन वुमन नेपालकी पूर्व प्रमुख संगीता थापा, प्रख्यात महिला अधिकारकर्मी दुर्गा घिमिरे र डा. छत्र अमात्यले पनि जोशीको व्यक्तित्व र उनले सामाजिक क्षेत्रमा गरिरहेको योगदानमाथि चर्चा र विचार राखे।

संकल्पका अध्यक्ष संगीता लामाले उनलाई सम्मानित गर्न पाउनु संस्थाको लागि गर्वको विषय रहेको बताउँदै भनिन, “दक्षिण एसियामा चम्किरहेकी प्रेरणाकि स्राेत चाँदनी जोशीलाई हामीले सम्मानित गर्न पाउनु हाम्रो लागि ठूलो उपलब्धि हो। उनको संघर्ष र सफलताले नेपालकै मात्र नभई दक्षिण एसियाका युवालाई नै प्रेरणा दिइरहेको छ।”

कार्यक्रमको समापनमा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष दुर्गा सोबले पनि चाँदनी जोशीका सामाजिक योगदान, लगनशीलता र साहसलाई साधुवाद दिइन् र उनको भविष्यका योजनाहरूमा शुभकामना व्यक्त गरिन्।

१३ वर्षकै उमेरमा एसएलसी दिएर १९ वर्षदेखि पद्मकन्या कलेजमा पढाएर आफ्‌नो करिअर शुरूवात गरेकी चाँदनीको नेपाललगायत दक्षिण एशियाका महिलासम्बन्धी नीति निर्माणमा त्यत्तिकै भूमिका रहेको छ । उनले नेपालको छैठौ राष्ट्रिय योजनादेखि दशौं योजनासम्म नै राष्ट्रिय योजनामा लैंगिक मूलप्रवाहिकरणको लागि सक्रीय भूमिका निर्वाह गरेकी थिइन् । यस्तै, भारतको राष्ट्रिय विकास योजना ९ औं, १० औं र ११औंमा लैंगिक मूलप्रवाहिकरणको लागि सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । यस्तै पाकिस्तानको सातौं राष्ट्रिय विकास योजना, बंगलादेशको चौथो राष्ट्रिय विकास योजना लगायत श्रीलंका, माल्दिभ्स, भुटान जस्ता देशका लागि समेत राष्ट्रिय लैंगिक नीति बनाउन उनको त्यत्तिकै भूमिका रहेको छ ।

युनिफेमको दक्षिण यशियाली क्षेत्रीय कार्यालयको क्षेत्रीय कार्यक्रम निर्देशकबाट निवृत्त जोशी नेपालकाे महिला सशक्तिकरणसम्बन्धि कार्यक्रम ” महिलाकाे पेवा” कार्यक्रमकी प्रणेता हुन् । याे कार्यक्रम नेपाल लगायत सार्क राष्ट्रमा समेत परिचित हुन पुगेको थियाे । यसै क्षेत्रका व्यक्तित्वहरू जाेशीलाई प्रणेता मात्रै नभएर ‘पेवा कार्यक्रमको आमा’ नै भनी चिनाउने गर्दछन ।

सम्मान कार्यक्रमका अवसरमा सामाजिक क्षेत्रका व्यक्तित्व, अधिकारकर्मी, मिडियाकर्मी र नागरिक समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

 

Comments (1)

Bikal Sherchansays: Oct 27, 2025 10:21
Congratulations dijju for being recognized, appreciate, and honored by the Sankalp Organization for your contribution in Women´s Empowerement, inclusiveness, and participation in Nepal and South Asia.
Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्