८ श्रावण २०८३, शुक्रबार

चित्रकला र पुस्तकालय एक–आपसमा परिपूरक


अ+
अ-


काठमाडौं, भदौ ९ । १८ औँ पुस्तकालय दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आइतबार ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबाट उद्घाटित कार्यशालामा उनले चित्रकला र पुस्तकालय एक–आपसमा परिपूरक रहेको बताए । चित्रकारहरूलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उनले यसले गर्दा चित्र अझै सरल र मजबुतका साथ प्रस्फुट हुने बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताए । काफ्‌लेका अनुसार प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।

कार्यक्रमका सभाध्यक्ष तथा बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्त्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुवात चित्रबाट नै हुने बताइन् ।

कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालका प्रमुख यादवचन्द्र निरौला, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकृत अमृता अधिकारी, सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्र पाण्डे, नेपाल पुस्तकालय सङ्घका महासचिव संजीव चौधरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यशालामा रविन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिं गोलेलगायतका कलाकार सहभागी थिए ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
पुर्पक्षका लागि चार जना थुनामा, मानव बेचबिखनका चार मुद्दामा अदालतको आदेश

पुर्पक्षका लागि चार जना थुनामा, मानव बेचबिखनका चार मुद्दामा अदालतको आदेश

पुर्पक्षका लागि चार जना थुनामा, मानव बेचबिखनका चार मुद्दामा अदालतको आदेश...

भूमि व्यवस्था मन्त्रालयद्वारा हदबन्दीभन्दा बढी जग्गा राख्ने संस्था–कम्पनीको स्थलगत अनुगमन गर्न निर्देशन

भूमि व्यवस्था मन्त्रालयद्वारा हदबन्दीभन्दा बढी जग्गा राख्ने संस्था–कम्पनीको स्थलगत अनुगमन गर्न निर्देशन

भूमि व्यवस्था मन्त्रालयद्वारा हदबन्दीभन्दा बढी जग्गा राख्ने संस्था–कम्पनीको स्थलगत अनुगमन गर्न निर्देशन...

समता शुल्क तत्कालका लागि हटाउने मन्त्रिस्तरीय निर्णय

समता शुल्क तत्कालका लागि हटाउने मन्त्रिस्तरीय निर्णय

समता शुल्क तत्कालका लागि हटाउने मन्त्रिस्तरीय निर्णय...

प्रधानमन्त्रीको घोषणापछि पनि निजी अस्पतालमा ३ प्रतिशत समता शुल्क असुली जारी

प्रधानमन्त्रीको घोषणापछि पनि निजी अस्पतालमा ३ प्रतिशत समता शुल्क असुली जारी

प्रधानमन्त्रीको घोषणापछि पनि निजी अस्पतालमा ३ प्रतिशत समता शुल्क असुली जारी...

दक्षिण एशियामा यौन हिंसापीडितलाई क्षतिपूर्ति पहुँच कमजोर, नेपालका कानुनी व्यवस्था उदाहरणीय : क्षेत्रीय अध्ययन

दक्षिण एशियामा यौन हिंसापीडितलाई क्षतिपूर्ति पहुँच कमजोर, नेपालका कानुनी व्यवस्था उदाहरणीय : क्षेत्रीय अध्ययन

दक्षिण एशियामा यौन हिंसापीडितलाई क्षतिपूर्ति पहुँच कमजोर, नेपालका कानुनी व्यवस्था उदाहरणीय : क्षेत्रीय अध्ययन...

मन्त्रालय पुनर्संरचनापछि नयाँ स्थायी पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य

मन्त्रालय पुनर्संरचनापछि नयाँ स्थायी पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य

मन्त्रालय पुनर्संरचनापछि नयाँ स्थायी पदपूर्तिमा प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्