५ मंसिर २०८३, शनिबार

बालबालिकाको अधिकार संरक्षणमा सम्झौता हुँदैन : मन्त्री बादी


अ
अ+
अ-

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुर्व्यवहार अन्त्य गरी उनीहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यका सबै संयन्त्र र समाजका प्रत्येक पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन्।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बाल अधिकारको संरक्षण राज्यको संवैधानिक दायित्व र समाजको साझा जिम्मेवारी भएको बताएकी हुन्। उनले बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्नेमा जोड दिएकी छन्।
यस वर्ष ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नाराका साथ मनाइँदै गरेको दिवसले बाल अधिकार संरक्षण र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैलाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा ओसारपसार, यौन शोषण र विभेद अझै बालबालिकाका लागि गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री बादीले प्रविधिको विकाससँगै साइबर बुलिङ, अनलाइन दुर्व्यवहार र व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता जोखिम पनि बढिरहेको बताएकी छन्। यी चुनौतीको सामना गर्न तीनै तहका सरकारबीच समन्वय र बाल संरक्षण प्रणालीको सुदृढीकरण आवश्यक रहेको उनले उल्लेख गरेकी छन्।
विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षणलाई प्राथमिकता दिँदै सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याएको पनि उनले जानकारी दिएकी छन्।
योजनाले सम्भव भएसम्म बालबालिकालाई आफ्नै जैविक परिवारमा सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्ने, परिवारमा आधारित स्याहारलाई प्रोत्साहन गर्ने र संस्थागत स्याहारलाई अन्तिम विकल्पका रूपमा मात्र अपनाउने लक्ष्य राखेको छ।
त्यसैगरी, विपद्पश्चात् विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको सन्देशमा उल्लेख छ। केन्द्रबाट बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायतका सेवा उपलब्ध गराइँदै आएको छ।
मन्त्री बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर उनीहरूको आवाज, विचार र सहभागिताको सम्मान गर्नुपर्ने बताएकी छन्। बाल अधिकार संरक्षण सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले परिवार, विद्यालय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र विकास साझेदारलाई बालमैत्री, सुरक्षित तथा विभेदरहित वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेकी छन्।
प्रत्येक बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उनको सन्देश छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव

विपद् सञ्चारमा सन्त्रास फैलाउने प्रवृत्ति त्याग्न विज्ञको सुझाव...

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी

विश्वका तीन शक्तिराष्ट्रको पहिलो त्रिपक्षीय शिखर सम्मेलन, चारबुँदे ‘शान्ति घोषणापत्र’ जारी...

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम

काठमाडौंका सबै क्षेत्र २४ घण्टा खुला गर्ने तयारी, तत्कालका लागि पुरानै व्यवस्था कायम...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि मनाइने...

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल–भारत सम्बन्ध: प्रविधिमा सहकार्य बढाउनुपर्नेमा जोड...

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता

भोटेकोशी–त्रिशुली बाढी प्रभावितको पुनर्स्थापनामा जोखिम आंकलन र सुरक्षित आवासलाई प्राथमिकता...