१ असार २०८३, सोमबार

राष्ट्रिय लोककला तथा परम्परागत चित्रकला सम्मेलन सुरू


अ+
अ-

काठमाडौं, भदौ १६ । नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प—हस्तकला सम्मेलन २०८२’ सुरु भएको छ । सम्मेलनको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा अग्रज कलाकार श्यामवदन श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले ललितकलामा सौन्दर्यशास्त्र, उपयोगिता र संस्कृति, यी तीन पक्षमा त्रिकोणात्मक सन्तुलन राखी छलफल हुनपर्ने बताए । कलामार्फत देशको समृद्धिको विचार मन्थन गर्ने सम्मेलनमा सातै प्रदेशका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियाे ।

उपकुलपति लालकाजी लामाले यस सम्मेलनले नेपाली ललितकला क्षेत्रका उन्नयनमा थप सहयोग गर्ने तथा सबैको हातेमालोबाट यस अभियानले सार्थकता पाउने बताए ।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला तथा पर्यटनसँग कृषि, प्रकृति र संस्कृतिलाई जोडेर लैजानुपर्ने बताउँदै सिर्जनशील उद्योगको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे । साथै विरासतदेखिको संस्कृतिको पुस्तान्तरण र नवयुगको संस्कृति निर्माणमा यस सम्मेलनले थप सहयोग गर्ने सदस्य सचिवकाे धारणा थियाे ।

शिल्प—हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले नेपालका शिल्प—हस्तकलाको संरक्षण, सुरक्षा, विकास र पुस्तान्तरणका माध्यमबाट आधुनिनीकरण र बजारीकरणलगायतका विषयमा छलफल गर्नु यस सम्मेलनको मुख्य उद्देश्य भएको बताए ।

जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले थारू बाहुल्य रहेको कैलाली जिल्लामा थारू लोक कलाको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणका साथै संरक्षण तथा संर्वधन हुन जरुरी रहेको बताए ।

कलाकार श्यामवदन श्रेष्ठले देशका विभिन्न समुदायद्वारा सिर्जित ललितकलाको बजारीकरण, संरक्षण, प्रवद्र्धन र विकासमा सबैले जोड दिनुपर्ने बताइन् ।

समारोहमा प्रतिष्ठान प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, विभिन्न सङ्घ—संस्था/क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार, पत्रकार, अनुसन्धातालगायतकोे उपस्थिति रहेको थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्