Thursday, September 24, 2026 | 10:45 PM

रसुवा–नुवाकोटमा खोज तथा उद्धार तीव्र, सेनाबाट ४ हजार २४२ जनाको हवाई उद्धार


अ+
अ-

काठमाडौं, असोज ८ । रसुवा र नुवाकोटसहित बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाले असोज ८ गते साँझ ६ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २४२ जनाको हवाई उद्धार गरेको जनाएको छ।
सेनाका अनुसार हवाई उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ८ गते साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विपद्मा १ हजार ४४३ जनाको मृत्यु र ५ हजार ५५० जना बेपत्ता रहेको जनाएको थियो। प्राधिकरणको विवरणअनुसार विभिन्न प्रभावित जिल्लामा मानवीय क्षति भएको छ।
त्यस्तै, उक्त विवरणअनुसार विभिन्न उद्धार टोली तथा सुरक्षा निकायबाट १३ हजार ७९५ जनाको उद्धार भएको थियो भने १० हजार ९७७ जनाले उपचार सेवा पाएका थिए। प्राधिकरणका अनुसार तीनवटा अस्पतालमा ७ जना उपचाररत थिए।
प्राधिकरणको विवरणमा १ हजार ३२९ मृतक र २ हजार ३५ जना आफन्तका डीएनए नमुना संकलन गरिएको उल्लेख छ। शवसम्बन्धी विवरणमा ३३६ महिला, ५८५ पुरुष र ५३२ आंशिक अंगको विवरण राखिएको छ।
यसैबीच, नेपाली सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेत लगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको जनाएको छ।
सडक सम्पर्कबाट विच्छेद भएका तथा दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री र अत्यावश्यक सामग्री ढुवानी भइरहेको छ। सेनाका अनुसार हालसम्म रसुवा र नुवाकोटका विभिन्न स्थानमा ड्रोनबाट ३६ हजार ३१७ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा काम गरिरहेका छन्।
बेत्रावतीमा पुल जडानका लागि ट्र्याक खोलिँदै
बेत्रावती नदीमा पुल जडानका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुल खण्डमा रक कटिङ तथा ब्लास्टिङको काम भइरहेको सेनाले जनाएको छ। हालसम्म करिब २०० मिटर ट्र्याक खोलिएको छ। उक्त ट्र्याक करिब १.५ मिटर उचाइ र ४.५ मिटर चौडाइको रहेको छ।
३६ हजार किलो राहत सामग्री ड्रोनबाट ढुवानी
दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा राहत पुर्‍याउन नेपाली सेनाले ड्रोनको प्रयोगलाई निरन्तरता दिएको छ। हालसम्म ३६ हजार ३१७ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ड्रोनमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

४ हजार ४१ जनाले पाए सेनाको स्वास्थ्य सेवा
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट असोज ८ गते १० जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म यी सेवा केन्द्रबाट ४ हजार ४१ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।
यसैबीच, प्रभावित परिवारलाई वैकल्पिक बसोबास तथा जीविकोपार्जनका लागि समेत व्यवस्था अघि बढाइएको प्राधिकरणको विवरणमा उल्लेख छ। होल्डिङ सेन्टरमा बस्न नचाहने परिवारलाई बढीमा ६ महिनासम्म वैकल्पिक बसोबास र जीविकोपार्जनका लागि चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ तथा चार जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार हाल २१ वटा होल्डिङ सेन्टर रहेका छन्। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ७९९ र धादिङमा १२१ जना रहेका छन्। प्रभावित क्षेत्रमा २० हजार ४७७ सुरक्षाकर्मी परिचालन गरिएको विवरणमा उल्लेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटमा नेपालले भोगेको क्षति विश्वका लागि चेतावनी : परराष्ट्रमन्त्री खनाल...

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

भारी वर्षाको सम्भावनापछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह...

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह

असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षालाई लिएर पूर्वतयारीमा जुट्न आग्रह...

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग

बाढी प्रभावितको पहुँच पुनःस्थापनाका लागि डब्लूडब्लूएफ नेपालद्वारा डेढ करोड सहयोग...

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण

मलेसियामा नेपाली श्रमिकको अधिकार संरक्षणका लागि मानव अधिकार आयोगबीच समझदारी नवीकरण...

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्