१७ भदौ २०८३, बिहिबार

रसुवा बाढी : मृतकको संख्या १ हजार २५२, सम्पर्कविहीन करिब ४ हजार २१६


अ+
अ-

काठमाडौं, भदाै १८ । रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १८ गते बिहान ११ बजेसम्मको खोज, उद्धार तथा राहत अपडेट अनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी उक्त संख्यामा मानवीय क्षति भएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा बढी मृत्यु नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, चितवनमा ३५५, धादिङमा ६०, गोरखामा ६९ र तनहुँमा ३८ जनाको भएको छ। हालसम्म सनाखत भई बुझिलिएकाे शवकाे संख्या ९५ रहेकाे प्राधिकरणले जनाएको छ ।

बाढी तथा विपद्मा सम्पर्कविहीन हुनेको संख्या करिब ४ हजार २१६ रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये विदेशी नागरिक ५८३ जना, विदेशी पर्यटकसँग गएका नेपाली १६४ जना तथा विभिन्न जलविद्युत् आयोजनाबाट करिब ९०० जना रहेका छन्। त्यस्तै रसुवाबाट करिब ८६५ र नुवाकोटबाट करिब १ हजार ५५८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

उद्धार हुनेको संख्या करिब १२ हजार
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाई माध्यमबाट विदेशी २७३ र नेपाली ४ हजार ९१ गरी ठूलो संख्यामा उद्धार गरेको छ। नेपाली सेनाका हेलिकप्टरले हालसम्म ७१४ पटक उडान गरिसकेका छन् भने निजी क्षेत्रबाट काठमाडौंमा २९ उडान भएको प्राधिकरणको विवरणमा उल्लेख छ।
बाढीपछि खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। यसमध्ये नेपाल प्रहरी ७ हजार ९१२, नेपाली सेना ९ हजार २८७ र सशस्त्र प्रहरी बल नेपाल ४ हजार २०३ जना छन्।

३ हजार ९४८ जना होल्डिङ सेन्टरमा
उद्धार गरिएका तथा प्रभावितमध्ये हाल ३ हजार ९४८ जना होल्डिङ सेन्टरमा रहेका छन्। नुवाकोटमा २ हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौंमा ३८७ जना रहेका छन्।
बाढीमा घाइते भएका ३०२ जनाको उपचार गरिएको छ। तीमध्ये १९५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२५ जनाले स्वास्थ्य उपचार सेवा पाएको विवरणमा उल्लेख छ।

 
राहतका लागि ४५ ट्रक र ३७ बोलेरो परिचालन
प्रभावित क्षेत्रमा काठमाडौंँबाट हालसम्म ४५ ट्रक र ३७ बोलेरो मार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरबाट समेत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। सशस्त्र प्रहरीमार्फत नुवाकोट र रसुवा जिल्लाभित्र १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरिएको प्राधिकरणले जनाएको छ।

प्रभावित पालिकालाई १३ करोड ५० लाख थप निकासा
नेपाल सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। त्यस्तै प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ तथा ती पालिकालाई थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको विवरणमा उल्लेख छ।

प्रभावित क्षेत्रमा इन्धन आपूर्तिका लागि डिजेल ५२ हजार लिटर, पेट्रोल २७ हजार लिटर र हवाई इन्धन १५ हजार लिटर मौज्दात रहेको प्राधिकरणले जनाएको छ। सञ्चारतर्फ नेपाल टेलिकमका ११० टावर र एनसेलका ७८ टावरमा क्षति पुगे पनि क्रमशः सेवा सञ्चालनमा ल्याइएको छ।

पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिङमा पनि रसुवा केन्द्रित बाढीपछि खोज तथा उद्धार, विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी जारी रहेको उल्लेख छ। 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई...

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्