७ कार्तिक २०८३, शनिबार

पानी भित्रिनेभन्दा निकासको क्षमता तीन गुणा कम हुँदा जमल डुबान


अ
अ+
अ-

काठमाडौं, साउन २१ । जमल क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पानी भित्रिने र बाहिरिने पूर्वाधारबीचको असन्तुलित क्षमता रहेको प्राविधिक अध्ययनले देखाएको छ। अध्ययनअनुसार जमलमा विभिन्न दिशाबाट ठूलो परिमाणमा पानी भित्रिने भए पनि त्यसको निकासका लागि पर्याप्त क्षमता भएको ढल नहुँदा सडक डुबान हुने गरेको हो।
काठमाडाैं महानगरपालिकाकाे प्राविधिक विश्लेषणअनुसार वर्षायाममा ज्याठा, निर्वाचन आयोग, यल्लो प्यागोडा होटल र जनप्रशासन क्याम्पस क्षेत्रबाट वर्षाको पानी तथा ढल जमल चोकमा जम्मा हुने गर्छ। ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत पानी जमलमा पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
यी सबै पाइपबाट आउने पानीको कुल प्रवाह क्षेत्रफल (टोटल इनफ्लो एरिया) ०.८२६ वर्गमिटर रहेको छ, जुन करिब १२० सेन्टिमिटर व्यासको पाइपबाट बग्ने पानी बराबर हो।
तर, उक्त पानी बाहिर निकाल्नका लागि ६० सेन्टिमिटर व्यासको एउटै ढल रहेको छ, जसको कुल निकास क्षमता (टोटल आउटफ्लो एरिया) ०.२८३ वर्गमिटर मात्र छ। भित्रिने पानीको तुलनामा निकासको क्षमता निकै कम भएकाले पानी सडकमा जम्ने र डुबान हुने गरेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनमा डुबानको अर्को कारण पनि उल्लेख गरिएको छ। निकासको अन्तिम बिन्दु र टुकुचा खोलाको पानीको सतहबीच उचाइको अन्तर निकै कम रहेकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास प्रणाली अवरुद्ध हुने गरेको विश्लेषणमा उल्लेख छ।
प्राविधिक अध्ययनले जमल क्षेत्रको दीर्घकालीन डुबान समस्या समाधान गर्न ढल निकासको क्षमता विस्तार गर्नुका साथै टुकुचा खोलासँग जोडिएको निकास प्रणालीको संरचनात्मक सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्