१५ श्रावण २०८३, शुक्रबार

बार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा


अ+
अ-

काठमाडौं, साउन १४ । मानव बेचबिखच र ओसारपसारसम्बन्धी पहिलो संशोधन विधेयक समयसापेक्ष हुने एक छलफल कार्यक्रममा बताइयो । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मानव बेचविखनविरुद्धको विश्व दिवसको अवसरमा आयोजित सराेकारवालासँगकाे छलफल कार्यक्रममा पछिल्लो समय मानव बेचविखन र ठगीको आयाम बद्लिएको परिवेशलाई विधेयकले सम्बोधन गर्ने बताइको हो ।

सहन्यायाधीवक्ता सोमकान्ता भण्डारीले मानव बेचबिखनको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए । मानव बेचबिखनको पृष्ठभूमि, अपराधमा संलग्नता र प्रभाव, मानव बेचबिखनसम्बन्धी कसुरको वर्गीकरण, कारण, स्वरुप, मानव बेचबिखन हिजो र आज, अभियोजन, यसका समस्या र सुधारको क्षेत्रहरु प्रस्तुतिमा समेटिएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले वर्षमा ३५ हजार व्यक्ति मानव बेचबिखन तथा मानव तस्करीको जालोमा परेको तथ्यांक सार्वजनिक गरेको थियो । नेपालीहरु ठगी, शोषण र सुरक्षाको जोखिममा रहेको, भिजिट भिसाको समेत प्रयोगबाट यससम्बन्धी कसुर हुने गरेको, सामाजिक सञ्जाल तथा प्रविधिको दुरुपयोगबाट मानव बेचबिखन र ओसारपसार भइरहेको कार्यक्रममा बताइयो ।

ठगीको आयाम बद्लिएको परिवेशमा हालै प्रविधिबाट हुने हिंसाविरुद्ध राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव र मन्त्रिपरिषद्ले संसदमा प्रस्तुत गर्ने भनेको ९ वटा विधेयकमा मानव बेचविखन र ओसार पसार विधेयक पनि समेटिएकोले यो महत्वपूर्ण हुने महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । मानव बेचविखन तथा ओसार पसार पहिलो संशोधन विधेयकले सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।

सामाजिक अभियन्ता अनिल रंघुवंशीले गत वर्ष मात्र ३५ हजार नेपाली प्रलोभन, प्रविधिको दुरुपयोग र संगठित रुपमा ठगीमा परेको तथ्यांक प्रस्तुत गरे । विश्वका ७७ वटा देशबाट यस्तो ठगी हुने भए पनि दक्षिणपूर्वी एसियाबाट ७४ प्रतिशत हुने गरेको र जसमा अर्बौ डलरको रकम अपचलन भएको उनको भनाइ थियो ।

सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया पुगेका थिए । यो संख्या सन् २०२५ मा ९ हजार ६ सय ७६ पुगेको उनले बताए । त्यसमध्ये ४ सय २२ जनाको उद्दार गरिए पनि एकदमै थोरै संख्यामा मात्र मुद्दा चलेको उनले बताए । यी ठगीमा परेका अधिकांश सुचना प्रविधिको जनशक्ति रहेको उनको भनाइ थियो ।

कानुन तथा संसदीय मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद अधिकारीले अबको संशोधनले क्रस बोर्डर अपराधसमेत समेट्ने बताए । उनले अपराध स्पष्ट किटान हुने गरी कानुन निर्माण हुने र कानुन सहायता एकद्वार प्रणालीमा हुने उपसचिव अधिकारीको भनाइ थियो । मन्त्रालयले यस वर्षलाई कानुन निर्माणको वर्षको रुपमा काम गरिरहेको उनको भनाइ थियो । यस वर्ष १ सय ६५ वटा कानुन निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव वसन्तप्रसाद पन्थीले कानुनमा सुधार आइरहेकाले सकारात्मक बन्न अनुरोध गरे । ११८ बुँदेमा राष्ट्रिय नीति आएकाले त्यसले धेरै कुरामा सहज भएको उनको भनाइ थियो । विधेयकमा अब हुने संशोधनले मानव बेचविखनविरुद्ध धेरै सकारात्मक काम हुने पन्थीले बताए ।

महिला बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले वर्तमान कानुन अनुसन्धानमैत्री नभएको बताए । अब कानुन निर्माण गर्दा यो विषयमा पनि ध्यान पुर्‍याउन उनले अनुरोध गरे । स्पष्ट कानुनको अभाव, प्रविधि र सामाजिक सञ्जालको प्रयोगले हद म्यादभित्र अनुसन्धान सक्ने कठिन हुने उनको भनाइ थियो ।

एफडब्लुएलडीकी अध्यक्ष गीता अर्यालको अध्यक्षमा सम्पन्न कार्यक्रममा देचेन लामाले तथ्यांकमा ग्याप रहेको बताइन् । उनले डिम्ब तस्करी, स्कीन तस्करीलगायतका मानव बेचबिखनमा नयाँ–नयाँ आयाम आएको बताइन् । अब हुने कानुन संशोधनले यी सबै कुरा समेट्न लामाले आग्रह गरिन् । यस्तै सिन्धुपाल्चोककी सामाजिक अभियन्ता नानीमाया थापाले मानव बेचबिखनलाई यौनसँग मात्र जोडेर हेर्न नहुने बताइन् । जनचेतनाका लागि स्कुलको पाठ्यक्रममा समेत समेट्नुपर्ने उनको भनाइ थियो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान

सुनसरी घटनामा निष्पक्ष छानबिन हुने, सामाजिक सद्भाव जोगाउन प्रधानमन्त्रीको आह्वान...

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन...

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?...

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्