उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन


अ+
अ-

काठमाडौं, साउन २ । गृह मन्त्रालयको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको दोस्रो बैठकले साउन २ र ३ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनका आधारमा बैठकले उच्च जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने, आवश्यकता अनुसार जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्ने तथा विपद् प्रतिकार्यका सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा तथा देशका अन्य धेरै क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको निष्कर्ष निकाल्दै पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिएर विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ।
बैठकले रातो रङले संकेत गरिएका जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाउन तथा मौसम र जोखिमको अवस्थाअनुसार आवश्यक परे जुनसुकै बेला सवारी सञ्चालन बन्द गर्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय गरेको छ। अन्य जिल्लामा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकलगायत सबै सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।
बैठकले जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सडक विभाग र सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
यस्तै, पूर्वसूचना तथा चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई विपद् आउनुअघि नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई सक्रिय रूपमा परिचालन गर्न आग्रह गरिएको छ।
त्यसैगरी, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा विकास साझेदार संस्था, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समुदायसँग समन्वय र सहकार्य बढाउने तथा आपत्कालीन कोषबाट आवश्यक रकम तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।
गृह मन्त्रालयले नागरिकलाई जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीलाई निरन्तर पालना गर्न तथा अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध

भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध

भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध...

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना...

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ...

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्