आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने


अ+
अ-

काठमाडौं, असार १४ । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज (आइतबार) बिहान ११ बजे बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सदनमा पेश गर्नेछन्।
बैठकमा मन्त्री पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने तथा उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र त्यसपछि विधेयक प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिमा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गरी विधेयक सदनमा दर्ता गराउने कार्यसूची छ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक सदनमा पेश गर्नेछिन्।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले पेश गर्ने कार्यसूची छ।
यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमै गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने, प्राप्त संशोधनहरू निर्णयार्थ पेश गरिने तथा अन्ततः उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री डा. वाग्लेले राख्नेछन्।
बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्वसदस्य राजेन्द्र खरेल को निधनप्रति सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह...

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन...

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित...

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम...

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्