अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो चेतावनीपूर्ण दाबी गरेका हुन्।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज परराष्ट्र मन्त्रालयमा सम्माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट बृहत् लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सो रकमले सो क्षेत्रको पूर्वाधार तथा जीविकोपार्जन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय नीशा मेहतासँग नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूसँग शिष्टाचार तथा रचनात्मक भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।
प्रधानमन्त्री बालेन शाहबाट बोलाइएको मन्त्रिपरिषद बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। बैठक आकस्मिक रूपमा बाेलाईएकाे हाे ।
नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ...
काठमाडौँ, चैत २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित...