नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार
काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ जामाचोमा क्षेत्रमा पदयात्रा (हाइकिङ) गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल खस्दा बेहोस भएकी एक युवतीको नेपाली सेनाको भैरवीदल गणले उद्धार गरेको छ।