भोटेकोशी बाढी: भए भरको पीडा यही जिन्दगीमा
तिब्बतबाट रसुवा हुँदै गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको खोजी, उत्खनन, बाँचेकाहरूको उद्दार, राहत वितरण, विभिन्न सहयोग कार्य चल्दै आएको छ । बाढीले अत्यधिक प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङ भए पनि सम्पूर्ण देश तथा विदेशीको केन्द्रविन्दु भोटेकोशी बाढीको सेरोफेरोमा नै अडेको छ ।